भोलिदेखि नेपालगन्जमा प्रदेश स्तरीय चिल्डेन गेम्स

समाचारदाता
दैनिक नेपालगन्ज

 

भोलि सोमबारदेखि नेपालगन्जमा प्रदेश स्तरीय प्रथम उपराष्ट्रपति कप ‘चिल्डे«न्स गेम’ आयोजना हुने भएको छ । त्यसका लागि सबै प्राविधिक तयारी सकिएको जानकारी दिन आज आइतबार मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जले पत्रकार सम्मेलन गर्दैछ ।

 

‘चौध बर्षमूनिका बालबालिकाहरुलाई लक्षित गर्दै पहिलो पटक सरकारले देशव्यापी रुपमा उपराष्ट्रपति कप ‘चिल्डे«न्स गेम’ आयोजना गर्न लागेको हो’, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले दैनिक नेपालगन्जसँग भने, ‘सोमबार र मंगलबार सात वटै प्रदेशमा प्रादेशिक स्तरका प्रतियोगिता सञ्चालन हुनेछन् ।’ जेठ १०–१२ गते राष्ट्रिय स्तरको उपराष्ट्रपति कप ‘चिल्डे«न्स गेम’मा प्रदेश स्तरबाट छानिएका टिमहरु सहभागी हुनेछन् ।

 

प्रदेश नं. ५ को नेपालगन्जमा हुने प्रादेशिक ‘चिल्डे«न्स गेम’मा पाल्पादेखि बर्दिया जिल्लाका विभिन्न खेल विधाबाट ३ सय ५६ विद्यार्थीले सहभागिता जनाउने भएका छन् । एथलेक्टिस, कराँते, उसु र तेक्वाङ्दोका खेलाडीहरु सहभागी हुने प्रतियोगिताका लागि जिल्ला स्तरका छनोट गरिसकिएको छ ।

 

राष्ट्रपति कपका नाममा दशौं रनिङ् शिल्ड चलिरहँदा उपराष्ट्रपति कप सुरु गर्न लागिएको हो । ‘धेरै विधा र सिनियर विद्यार्थी समेत सहभागी हुने राष्ट्रपति कपमा सहभागी हुनबाट वञ्चित स–साना बालिकालाई खेलमा प्रेरित गर्न उपराष्ट्रपति कप सुरु गरिएको हो’, ओलीले भने । नेपालगन्ज रंगशालामा आयोजना हुने प्रतियोगिताका लागि भौतिक पूर्वाधार सुधारको काम भैरहेकोछ । ‘निर्माणका बाबजुद पनि प्रतियोगिता सञ्चालन हुने व्यवस्था मिलाइएको छ’, अध्यक्ष ओलीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया