आयोजक बागमतिलाई उपाधि

बाकेको खजुरामा भएको खुला नकआउट फुटबल प्रतियोगिता–२०७४ को उपाधि आयोजक क्लब बागमति स्पोर्टस् क्बलले हात पारेको छ ।

 

शनिबार भएको फाइनल खेलमा न्यू डाफे स्पोर्टस् क्लबलाई १ का विरुद्ध ३ गोल गर्दै बागमति स्पोर्टस् क्लबले उपाधिमाथि कब्जा जमाएको हो । प्रतिगितामा उपाधि जितेको बागमतिले नगद ४० हजार र उपविजेता डाफेले नगद २० हजार सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको थियो । बागमतिका विशाल थापाले ३ गोल गरेका थिए ।

 

यूनाइटेड मोर्टस् सप्लायर्स कारकादोको प्रायोजनमा भएको प्रतियोगिता समापनमा मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, वडाध्यक्ष तिलक विर सुनार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया