मंगलबारदेखि नेपालगन्जमा एचसीआरसी कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
नेपालगन्जस्थित हेल्थ केयर एण्ड रिसर्च सेन्टरले आप्mनो स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको बाँके क्षेत्र नम्बर २ ख प्रदेशसभा सदस्य एवम् ओलम्पियन सुरेन्द्र हमाल तथा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
तीन दिनसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार सीता वेलबासे र सेलिना थापाले प्रतियोगिता अन्तर्गत यु–१६ गल्र्सतर्फ विजयी सुरुआत गरेका छन् ।
ज्ञानोदय विद्या निकेतनकी सीताले जयबागेश्वरी स्कुलकी सिमरन पुनलाई २१–१६, २१–१७ ले पराजित गरिन् । त्यस्तै अर्को खेलमा ज्ञानोदयकै सेलिनाले सेन्ट थोमसकी निसा थापालाई २१–८ २१–९ ले पराजित गर्दै अर्को चरणमा स्थान बनाइन । पुरुष डबल्समा सुरेश चन्द र यामु खत्रीको जोडीले फैजान अन्सारी र नदिम अन्सारीलाई २१–१, २१–८ ले टेकबहादुर खड्का र युवराज चौधरीको जोडीले सचिन चौधरी र विकास चौधरीको जोडीलाई २१–१२, २२–२० ले हरायो ।
गणेश कोइराला र युवराज थापाले राहुल गुप्ता र सुर्य मानन्धरलाई २१–१७, २१–१७, दिपक र दिनेशको जोडीले चन्दन सिह र महेश चौधरीलाई २१–६, २१–१७ ले हराउन सफल भयो । डा.कुमार शान शाह र बलराम शाहले गगां आर सी र नारायण भडेललाई २१–१६, २१–१३ ले निराश पारे । नेपालगन्ज रंगशाला स्थित कभर्ड हलमा सुरु भएको प्रतियोगितामा पाँच वटा इभेन्ट समावेश गरिएको छ । १ सय २६ खेलाडीले पुरुष डबल्स, यु–१३ र यु–१६ महिला पुरुष इभेन्टसमा प्रतिस्पर्धा गर्नेछन ।
प्रतियोगितामा पुरुष डबल्समा नगद पुरस्कार राखिएको छ । पुरुष डबल्स विजेताले आधा तोला सुन, उपविजेता जोडीले १० हजार र सेमिफाइनल पुग्ने टिमले समान ५ हजार पाउने आयोजकले जानकारी दिएका छन् । नकआउटको आधारमा भैरहेको प्रतियोगितामा बाँकेका ९ विद्यालयको सहभागिता रहेको छ ।
कार्यक्रम उद्घाटनमा प्रमुख अतिथि समेत रहेका प्रदेश सभा सदस्य हमालले खेलकुदले बालबालिकाको शारीरिक र मानसिक विकास सहयोग गर्ने बताए । उनले प्रतियोगिता आयोजना गरेकोमा एचसीआरसीलाई धन्यवाद दिदैं जुनियर स्तरको प्रतियोगिताबाटै भविष्यमा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पदक जित्ने खेलाडी उत्पादन धारणा राखे ।
नगर प्रमुख राणाले जुनियर खेलाडीलाई महत्व दिदा खेलकुद विकासमा प्रभाव पार्ने बताए ।
खेलकुदमा निजी क्षेत्रको आकर्षण देखिनु नेपाली खेलकुदको लागी खुसी कुरा भएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिती उपाध्यक्ष नरेन्द्र थापाले बताए । आयोजक एचसीआरसी बलराम शाहले पहिलो पटक गरेको प्रतियोगितामा खेलाडीको सहभागिताले हौसला जागेको बताए । आयोजक संस्था एच सी आर सी ले हरेक बर्ष यस प्रतियोगितालाई निरन्तरता दिइने जानकारी दिदैं आगामी दिनमा यस प्रतियोगितालाई राष्टिय स्तरमा आयोजना गर्ने जनाएको छ ।