बर्दिया, खेल पर्यटनको भविष्य

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव जीवन राम श्रेष्ठले बर्दियालाई खेल पर्यटनको भविष्यको रुपमा विकास गर्न सकिने बताएका छन् । सोमबार बर्दियाको भूरीगाउमा राष्ट्रिय कबड्डी प्रतियोगिता उद्घाटन गर्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका श्रेष्ठले ठाकुरद्वारा देखि राष्ट्रिय निकुञ्ज सम्मका सम्भावनासगै खेलको विकास गर्न सकिए बर्दियाको सुन्दर भविष्य कसैले रोक्न नसक्ने बताए ।

 
ओलम्पिक कमिटिका अध्यक्ष समेत रहेका श्रेष्ठले खेल पर्यटनको विकासले सिंगो मुलुकलाई आर्थिक समृद्धि सग जोड्न सकिने बताए । कबड्डी संघका अध्यक्ष तुलसी थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले मिसन २०७५ कै क्रममा कबड्डीको राष्ट्रिय प्रतियोगिता बर्दियामा आयोजना गरिएको जनाउ दिए । ‘किनभने आगामी बर्ष आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही महत्वपूर्ण इभेन्टहरु बर्दियामा आयोजना गरिनेछन् ।’

 

 

राखेप सदस्य विनोद मैनालीले आठौं खेलकुदले बाके, बर्दियाको खेल पूर्वाधार देखि खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए । विभिन्न ५ विकास क्षेत्रबाट छनोट भएर आएका टिम र विभागीय टिम गरी आठ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता पर्सि बिहीबारसम्म चल्नेछ ।

प्रतिक्रिया

प्रतिक्रिया