बाके खजुरा–२ सितापुर दुलही झै सिंगारिएको छ । चारैतिर आकर्षक प्रवेशद्वार बनाउन गाउ“लेहरु आफै सक्रिय छन् । सितापुर स्थित शुक्र मावि परिसरमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरिरह“दा आयोजक मात्रै होइन कयौं गाउले स्वयंसेवकका रुपमा सक्रिय देखिए ।
नेपालगन्जबाट नजिकैको सितापुर गाउमा आज बुधबारबाट दोस्रो राष्ट्रिय जुनियर एथलेक्टिस आयोजना हुदैछ । देशभरीबाट छानिएका विभिन्न उमेर समूहका १९ बर्षमूनिका ९० खेलाडी, अफिसियल, आयोजक नेपाल एथलेक्टिस संघका पदाधिकारी शुक्र मावि परिसर पुग्दैछन् । ‘खेलाडी र अफिसियल र आयोजक आउने क्रम सुरु भैसकेको छ’, स्थानीयबासी समेत रहेका मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले पत्रकारस“ग भने, ‘खजुराले एउटा महत्वपूर्ण सन्देश दिन खोज्दैछ ।’
२०६८ सालमा राष्ट्रिय बीच भलिबल प्रतियोगिता सितापुरकै गौघाटमा आयोजना गरिएको थियो । ‘खेलकुदका माध्यमबाट यो ठाउ“लाई ठूलो एक्सपोजर दिन सकिन्छ’, आयोजक नेपाल एथलेक्टिस संघका अध्यक्ष राजिव विक्रम शाहले सहरको प्रदुषण भन्दा गाउ“को स्वच्छ हावामा खेलको आयोजना उचित हुने धारणा राख्दै भने । ‘ओलम्पिक देखि एशियन च्याम्पियनशीप सम्मका आयोजनाहरु सहर बाहिर आकर्षित हुन थालेका छन्’, अध्यक्ष शाहले खजुराले ग्रामीण खेलकुदको अवधारणालाई अवसरका रुपमा लिनुपर्ने सुझाव दिंदै भने ।
प्रतियोगिताका लागि आयोजक मूल समितिको नेतृत्व नै खजुरा गाउपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले लिएका छन् । ‘खजुरालाई नमूना गाउपालिकाका रुपमा विकास गर्ने अवधारणाको एउटा सूचक खेलकुद हो’, आफुले आयोजनाको अभिभारा लिनुको महत्व दर्शाउ“दै कक्षपतिले भने, ‘शिक्षा, स्वास्थ्य र खेलकुदको समग्र विकासबाटै नमूना गाउपालिका सम्भव छ ।’
राष्ट्रिय स्तरको प्रतियोगिता एउटा गाउमा आयोजना गर्दा धेरैको प्रश्न आयोजक तिर सोझिएको छ । ‘गत बर्ष आयोजनाको निर्णय गर्दा बाके जिल्ला र सबैको अपेक्षा नेपालगन्ज थियो’, आयोजक नेपाल एथलेक्टिस संघका केन्द्रीय सदस्य समेत रहेका जिल्ला अध्यक्ष विक्रम जंग थापाले भने, ‘तर, हामीले जिल्लाबाट सितापुरमा आयोजना गर्ने निर्णय गर्यौं ।’
सितापुरमा आयोजनाको तयारी चलिरहदा देखिएको उत्साह र स्थानीयबासीको सहभागिताले आयोजनाको भव्यता उत्सवका रुपमा देखिएको छ । ‘नाचगान देखि मार्चपास सम्मका कार्यक्रमले आयोजनालाई खेल उत्सवका रुपमा लिन खोजेका छौं’, आयोजक सचिवालय प्रमुख यम नारायण महतोले भने, ‘विद्यार्थीदेखि अभिभावक सम्मको उत्साहले हामीलाई थप ऊर्जा मिलेको छ ।’
एथलेक्टिस संघका केन्द्रीय अध्यक्ष राजिव विक्रम शाहले खेलकुदमा ग्रामीण क्षेत्रका बासिन्दाको रुचिलाई पनि यसखालका आयोजनाले बढाउने बताए । ‘तराईको मौलिकता स“ग एथलेक्टिस गासिएको छ’, खेलाडीदेखि खेल पदाधिकारीसम्म थारु समुदायका विभिन्न प्रतिभाहरु तयार भएको प्रसंग उठाउदै अध्यक्ष शाहले भने, ‘यी सबै गाउ“बाट तयार भएका प्रतिभाहरु हुन् ।’
आयोजनाको अभिभारा उठाएको खजुरा गाउपालिकादेखि प्रतियोगिताको समग्र संयोजन गरिरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले दोस्रो राष्ट्रिय जुनियर एथलेक्टिस प्रतियोगितालाई आठौं राष्ट्रिय खेलकुद प्रतियोगितासग जोडेकाछन् । ‘आठौंका केही महत्वपूर्ण इभेन्टहरु खजुरा गाउ“पालिकामा आयोजना गरिनेछन् भन्ने कुराको पूर्व तयारी पनि हो’, गाउ“पालिका प्रमुख कक्षपतिले भने, ‘आठौंको स्वागत गर्न खजुरा तयार छ भन्ने कुरा हामी यो आयोजनाबाट पुष्टि गर्नेछौं ।’
‘यहाको माटो खेल सुहाउदो छ’, आठौंसम्म पुग्दा विभिन्न भौतिक पूर्वाधारको समेत सम्भावनालाई लक्षित गर्दै स्थानीयबासी समेत रहेका आयोजक मूल समितिका प्रचार प्रमुख टिएस ठकुरीले खेल पर्यटनको अवधारणाबाट आर्थिक समृद्धिलाई पनि विकास गर्न सकिने बताए ।
आयोजकका अनुसार, आज औपचारिक समारोह बीच बाके क्षेत्र नं. ३ का सांसद नन्दलाल रोकायले प्रतियोगिता उद्घाटन गर्नेछन् । एथलेक्टिसका विभिन्न २४ मध्ये ११ विधामा साविकका ५ विकास क्षेत्रबाट छनोट भएका १९ बर्ष मूनिका खेलाडीहरु पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।