एथलेक्टिस प्रतियोगिता तयारी अन्तिममा

पर्सि बुधबारदेखि बाकेको खजुरा गाउपालिका–२ सितापुरमा आयोजना हुने दोस्रो राष्ट्रिय जुनियर एथलेक्टिस प्रतियोगिताको तयारी अन्तिममा पुगेको छ ।

 

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले आज सोमबार आयोजनाको अन्तिम तयारी रिपोटिङ्गका लागि मूल आयोजक समितिको बैठक राखिएको जानकारी दिंदै आयोजना स्थल सिंगारिएको बताए ।
शुक्र मावि परिसरमा हुने प्रतियोगिताका लागि मैदान बनाउने देखि आयोजना स्थल सरसफाई गरिएको छ । आइतबार मात्रै शुक्र माविका विद्यार्थीहरुले खेलकुद मैदान स्वस्फूर्त सरसफाई गरे । ‘छवि विष्ट संयोजक र मुम ओली सहसंयोजक रहेको स्वयंसेवक परिचालन उपसमितिले बैठक आयोजना गरी तयारी पूरा गरेको छ’, आयोजक मूल समितिले जनाएको छ ।

 

गाउपालिका प्रमुख किस्मत कुमार कक्षपतिको संयोजकत्वमा गठित मूल समितिले आज सोमबार तयारीको व्रिफिङ्ग लिनुका साथै उद्घाटन सत्रको भव्यताबारे निर्णय लिनेछ । ‘नन्दलाल गुर्तालको संयोजकत्वमा रहेको स्वागतद्वार निर्माण उपसमिति र यम नारायण महतो संयोजक रहेको सचिवालयले पनि आइतबार नै बैठक गरेको छ’, अध्यक्ष ओलीले दैनिक नेपालगन्ज सग भने, ‘सबै उपसमितिहरु सक्रिय ढंगले काम गरिरहेका छन् ।’

 

जिल्ला एथलेक्टिस संघका अध्यक्ष विक्रम जंग थापाले क्षेत्रीय स्तरमा छनोट खेलहरु सुरु भैसकेको जानकारी दिंदै सबै क्षेत्रबाट खेलाडी आउने निश्चित भएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया