बाके : दोस्रो राष्ट्रिय जुनियर एथलेक्टिस तयारी सुरु

मिसन आठौं राष्ट्रिय खेलकुद

आगामी बर्ष मंसिरको पहिलो साता आयोजना गर्ने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई मध्यनजर भौतिक पूर्वाधारका निर्माण कार्यसगै खेलकुद गतिविधिहरुलाई पनि अगाडी बढाइएको छ । त्यसक्रममा बाकेको खजुरा गाउपालिका–२ सितापुरमा दोस्रो राष्ट्रिय जुनियर एथलेक्टिस प्रतियोगिता तयारी सुरु गरिएको छ ।

 

सोमबार बाके जिल्ला एथलेक्टिस संघ र मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जले पत्रकार सम्मेलन गरी प्रतियोगिता तयारी सुरु गरिएको जानकारी दिए । खजुरागाउपालिका प्रमुख किस्मत कक्षपतिको
अध्यक्षतामा गठित मूल आयोजक समितिले विभिन्न समिति, उपसमिति गठन गर्दै प्रतियोगिता तयारी अगाडी बढाएको हो । ‘यो आयोजना हाम्रो लागि एउटा महत्वपूर्ण अवसर हो’, गाउपालिका प्रमुख कक्षपतिले उपप्रमुख एकमाया विक, वडाध्यक्षहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकहरु सहित पत्रकारहरु सग प्रस्तुत हुदै भने, ‘यसको भव्यता र सफलतामा कुनै कमी राख्दैनौं ।’

 

मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले मिसन आठौं राष्ट्रिय खेलकुद अन्तरगत बा“केमा खेलकुद गतिविधि र भौतिक पूर्वाधार निर्माण कार्यलाई तिव्र गतिमा अगाडी बढाइएको जानकारी दिए । ‘यो प्रतियोगिता मिसनकै एउटा कडी हो’, राष्ट्रिय जुनियर एथलेक्टिसमा देशभरीका खेलाडी अफिसियलहरु आउने जानकारी दिंदै ओलीले भने, ‘त्यसका लागि स्थानीय सरकारसग साझेदारीको नया अभ्यास पनि थालेका छौं ।’ ओलीले नेपालगन्ज उपमहानगरपालिकासग समेत विभिन्न साझेदारी अपेक्षा गरिएको प्रतिक्रिया दैनिक नेपालगन्जसग दिए ।

 

यही पुस १२ देखि १४ गतेसम्म पुरुष तथा महिला तर्फ एथलेक्टिसका ट्रयाक एण्ड फिल्डका इभेन्टहरु हुनेछन् । प्राविधिक उपसमिति संयोजक चन्द्र बहादुर गुरुङ्गका अनुसार, ट्रयाक तर्फ १ सय मिटर, दुई सय मिटर, चार सय, आठ सय, १ हजार ५ सय र ५ हजार मिटर तथा चार गुणे चार सय मिटर रिले दौड प्रतियोगिता हुनेछ । त्यस्तै फिल्ड तर्फ लङ्गजम्प, त्रिपल जम्प, शटपुट र ज्याभलिङ्ग थ्रोका प्रतिस्पर्धामा १९ बर्षमूखिका छात्र एवं छात्रा खेलाडीहरु भाग लिनेछन् । बा“के जिल्ला एथलेक्टिस संघका अध्यक्ष विक्रम जंग थापाका अनुसार, देशभरका हरेक साविकका विकास क्षेत्रबाट १६ खेलाडी तथा दुई जना अफिसियल गरी ९० जना प्रतियोगितामा आधिकारिक रुपले सहभागिता जनाउनेछन् ।

 

‘अन्तर्राष्ट्रिय जगतमा हुने युथ तथा जुनियर तर्फका वल्र्ड च्याम्पियनशीप, युथ एशियन च्याम्पियनशीप लगायत ठूला प्रतियोगिताका लागि छनोट प्रतिस्पर्धाका रुपमा पनि यस आयोजनालाई लिन सकिन्छ’, संघका अध्यक्ष थापाले भने ।
आयोजकले सम्पूर्ण खेलाडी तथा अफिसियलहरुका लागिका आवास, भोजन तथा यातायात वापतका सम्पूर्ण खर्च व्यहोर्ने राष्ट्रिय स्तरको यो प्रतियोगिताले बाकेलाई एकपटक फेरि खेलकुदमय बनाउने विश्वास लिइएको प्रचार संयोजक टिएस ठकुरीले भने ।

 

प्रतियोगिताको भव्यताका लागि यम बहादुर महतराको संयोजकत्वमा स्वागत, सत्कार, छविलाल विष्ट संयोजक रहेको स्वयंसेवक परिचालन, गेहेन्द्र धितालको नेतृत्वमा मञ्च व्यवस्थापन, नन्दलाल गुर्तालको संयोजकत्वमा स्वागतद्वार तथा स रसफाई, चित्रा केसीको नेतृत्वमा मञ्च सजावट, आतंक बस्नेतको संयोजकत्वमा फिल्ड व्यवस्थापन, समर बहादुर खत्रीको अगुवाईमा प्राथमिक उपचार उपसमिति बनाइएका छन् । त्यस्तै, सांस्कृतिक तथा झाकी व्यवस्थापन उपसमितिमा डिबी तामांग, सचिवालय प्रमुख समेत रहेका यम नारायण महतोलाई शैक्षिक संघ, संस्था समन्वय उपसमितिको जिम्मेवारी पनि दिइएको आयोजक मूल समितिले जनाएको छ ।

 

मूल आयोजक समितिमा खजुरा गाउपालिका अन्तर्गतका सम्पूर्ण वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरु, नेपाल रेडक्रस सोसाइटी उपशाखा अध्यक्ष, इशाका, जनस्वास्थ्य, सुरक्षा निकायका प्रमुखहरु, सहकारी संस्थाका अध्यक्षहरु, सामूदायिक वनका अध्यक्षहरु, स्थानीय संघ, संस्थाका प्रमुख र विभिन्न क्लबका अध्यक्षहरुलाई राखिएको छ ।

 

‘खेल पूर्वाधारको दृष्टिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई गाउतिर पनि लैजानुपर्छ भन्ने उद्देश्यले नेपालगन्जको विकल्प खोजिएको हो’, सञ्चारकर्मीको जिज्ञासामा प्राविधिक उपसमितिका संयोजक चन्द्र बहादुर गुरुङ्गले भने । आयोजकले नेपालगन्जमा आयोजना हुने खेलकुदमा दर्शक अभावका कारण पनि आयोजनाको भव्यता खोज्न गाउ जानुपर्ने बाध्यता देखिएको बताउदै आएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया