नेपालगन्ज र दाङ्गमा रंगशाला बनाउन मन्त्रीलाई ज्ञापन

आगामी बर्ष नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर भौतिक पूर्वाधारहरु निर्माण गर्न ध्यानाकर्षण गराउदै खेलकुद मन्त्री राजेन्द्र केसीलाई शनिबार ज्ञापनपत्र बुझाइएको छ ।


प्रतियोगिता सचिवालय संयोजक सुरेन्द्र हमालको नेतृत्वमा गएको टोलीले प्रतियोगिताको तयारी तथा भौतिक पूर्वाधार निर्माणको कामलाई तिव्रता दिन अनुरोध गर्दै ज्ञापन बुझाएको हो । ‘नेपालगन्ज रंगशाला, बेलझुन्डीमा दाङ्गका लागि रंगशाला निर्माणका लागि डिपिआर तयार गर्न माग गरिएको छ’, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले दैनिक नेपालगन्जसग भने, ‘कोहलपुर क्रिकेट मैदान निर्माणको कामलाई तत्काल सुरु गर्न आग्रह गरिएकोमा मन्त्रीबाट ठेक्का प्रक्रियामा जान निर्देशन गरिसकेका छन् ।’

 
त्यसक्रममा राष्ट्रिय खेलकुदका लागि अर्थमन्त्रालयसग ५० करोड रकम माग गरिसकेको जानकारी मन्त्री केसीले गराएको बताउ“दै ओलीले दैनिक नेपालगन्जस“ग भने, ‘राष्ट्रिय खेलकुदको तयारी सन्तोषजनक ढंगले अगाडी बढेको जानकारी मन्त्रीज्यूबाट पाइयो ।’

प्रतिक्रिया

प्रतिक्रिया