आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उपमहानगरको ध्यानाकर्षण

आगामी बर्ष नेपालगन्जमा हुने आठौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि नेपालगन्जका मेयर र उपमेयरलाई ध्यानाकर्षण गराइएको छ ।

 
२०७५ सालमा नेपालगन्जमा आयोजना गरिने उक्त प्रतियोगताका लागि क्षेत्रीय खेलकुद बिकास समिति नेपालगन्जका अध्यक्ष तथा पदाधिकारीहरु सहितको टोलीले शुक्रबार नगर प्रमुख, उपप्रमुखको ध्यानाकर्षण गराइएको हो ।
क्षेत्रीय अध्यक्ष भीम ओलीको नेतृत्वमा टोलीले नगर प्रमुख धवलशमशेर राणा र उपप्रमुख उमा थापामगरसंग प्रतियोगिताको बिषयमा छलफल गरेको थियो । अध्यक्ष ओली सहितको टोलीले आठौं राष्ट्रिय खेलकुद नेपालगन्जमा गराउने सम्बन्धमा भौतिक पूर्वाधार निर्माण तथा प्रतियोगिता तयारीका लागि आर्थिक बर्ष २०७४/०७५ मा बजेट विनियोजनका लागि ध्यानाकर्षण गराएको थियो ।

 
ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख धवल समशेर राणाले प्रतियोगिताका लागि समन्वय गर्न २ जना खेलकुद विज्ञलाई पठाउन आग्रह गरेका थिए । उपप्रमुख उमा थापामगरले उपमहानगरपालिका खेलकुद क्षेत्रलाई सहयोग गर्न सदैव तयार रहेको प्रतिबद्धता जनाइन् । खेलकुदको टोलीमा राखेप सदस्य बिनोद मैनाली, क्षेत्रीय निर्देशक जयन्त कुमार शर्मा, कार्यालय प्रमुख बिष्णु शर्मा, जिल्ला अध्यक्ष आतंक बस्नेत, जिल्ला प्रमुख बिरोध जिसी, प्रशिक्षक हृदयकृष्ण मास्के, नायब सुब्बा सन्तोष श्रेष्ठ, एन्फा बाँकेका अध्यक्ष प्रदेशसिंह राठौर लगायत रहेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया