सहवागले खुलासा गरे फेडररको गार्इ प्रेम

नेपालगन्जन्यूज । भारतीय क्रिकेटका विस्फोटक ओपनर रहेका विरेन्द्र सहवागले टेनीसका जियान्ट स्वीस खेलाडी रोजर फेडररको गार्इ प्रेमको खुलासा गरेका छन् ।

गएको हप्ता ट्वीटरमा सहवागले फोटो शेयर गरी खुलासा गरेका हुन् । स्विस टेनिस स्टार रोजर फेडररले हालसालै विम्बलडन ग्रान्डस्लाम जीतेका थिए । यो उनको व्यक्तिगत १९ औं ग्रान्डस्लाम हो ।
सेहवागले फेडररको गार्इ दुहुदै गरेको फोटो सहित तीन फोटो शेयर गर्दै ट्वीट गरेका छन्, महान रोजर फेडररको गाइ प्रेम देखेर खुसी लागेको छ ।

सेयर गरेका फोटो मध्ये २ फोटो टेनिस कोर्टको हो, जहाँ फेडरर गाई संगै देखिन्छन् ।

 

 

 

 

 

 

 

 

सहवागको ट्वीट १०० घन्टा भन्दा कम समयमा नै ७ हजार ३ सयले रिट्वीट गरेका छन् । यसैगरी ३३ हजार भन्दा बढिले फेब गरेका छन् । सहवाग ट्वीट मार्फत चर्चामा रहदै आइरहेका छन् ।

 

 

 

 

 

 

 
टेनिसमा विश्व कै सबैभन्दा महान खेलाडिमा पर्ने स्वीजरल्याण्डका रोजर फेडररले ५ अस्टेलियन ओपन, १ फ्रेन्च ओपन, ८ विम्वल्डन र ५ युएस ओपन ग्रान्डस्लाम उपाधि जीतिसकेका छन् ।
उनले गत मंगलवार विम्वल्डन फाइनलमा क्रोएशियाको मारिन सिलिकलाई हराएर यो वर्षको तेश्रो ग्रान्डस्लाममा कब्जा जमाएका हुन् । यो विम्वल्डन उनको ८ औं उपाधि हो ।

यो उपाधि संगै उनले पीट साम्प्रास र विलियम रेनशाँको ७ पटक विम्वल्डन जीतेको रेकर्डलाई तोडेका थिए ।

(अन्तराष्ट्रिय संचार माध्यमहरूकाे सहयाेगमा)

प्रतिक्रिया

प्रतिक्रिया