बाँकेमा जिल्ला लिग फुटबल सुरु

बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगन्जको महेन्द्र रंगशाला नेपालगन्जमा जिल्ला स्तरीय लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।

एन्फाका केन्द्रिय सदस्य प्रदेश सिंह राठौर तथा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगंजका उपाध्यक्ष नरेन्द्र थापाले संयुक्त रुपमा रेफ्रिलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उदघाटन गर्नुभएको थियो । उदघाटन खेलमा मोडेल टिम सी गाँउले श्रृजना युवा क्लब विनौनालाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

मोडेलका राजु गुरुङले खेलको ८ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई १–० ले अग्रता दिलाएका थिए । २ मिनेट नबित्दै श्रृजनाका माईकल थापाले गोल गर्दै खेल बराबरीमा ल्याए । १६ औं मिनेटमा मोडेलका राजुले पुनः गोल गरे । मध्यान्तर हुनु ७ मिनेट अघि मोडेलका रोशन बुढाले गोल गर्दै गोल अन्तर ३–१ पारे ।

मध्यान्तरपछिको दोस्रो मिनेटमा मोडेलका जीवन रोकायले गोल गरेपछि मोडेलले खेल ४–१ गोल अन्तरले बिजयी भएको हो । दोश्रो खेल न्यु डाँफे स्पोर्ट्स क्लब डी गाँउ र कारकादौं युवा क्लब बीच भएको छ ।

 

प्रतिक्रिया

प्रतिक्रिया