महाधिवेशनले युवा निराशाको अन्त्य गर्छः खेमराज शर्मा

राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश संयोजक खेमराज शर्माले नेपालगन्जमा हुन गइरहेको राष्ट्रिय महाधिवेशने नेपालगन्जलाई चिनाउने बताएका छन् ।


लुम्बिनी प्रदेशको बाँके पहिलो पटक भइरहेको राष्ट्रिय महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधिले नेपालगन्जलाई प्रत्यक्ष अनुभूति गर्नुका साथै सामाजिक सञ्जालबाट गरेको प्रचार प्रसारले नेपालगन्ज यतिबेला देशभर चिनिएको संयोजक शर्माको भनाइ छ ।


भोली चैत २७ देखि २९ गतेसम्म नेपालगन्जमा हुने राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनमा देशभरबाट आउने दुईहजार बढि प्रतिनिधिलाई खाने बस्ने र कार्यक्रमलाई भव्य बनाउन आफुहरु दिनरात खटिएको शर्माले जानकारी दिए । उनले प्रतिनिधि आउने क्रम शुरु भइरहेको बताए ।


युवा संघ बाँकेको नेतृत्व र प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य सम्म पुग्नुभएका प्रदेश संयोजक शर्माले नेपालगन्जमा संघको केन्द्रीय महाधिवेशन गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको उल्लेख गरे ।


महाधिवेशनलाई भव्यता पूर्वक सफल बनाउन नेकपा (एमाले) पार्टीसँग समन्वय गरेर तयारीका काम भईरहेको जानकारी दिदै संयोजक शर्माले भने,‘लुम्बिनी प्रदेशको नेपालगन्जमा हुन लागेको युवा संघको महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने कुरामा कुनै कमी हुन दिइने छैन ।’


महाधिवेशनले पार्टीको नीति, निर्णय र नेतृत्वलाई आत्मसाथ गर्दै अहिले युवाको मुद्दामा छलफल गर्नुका साथै राजनीतिप्रति युवा पुस्ताको निराशा अन्त्य गर्ने उनको विश्वास छ ।

प्रतिक्रिया

प्रतिक्रिया