काँग्रेस सह-महामन्त्रीले गरे मेला उद्घाटन

सबै धर्म, सँस्कृतीको संरक्षण र सम्वद्र्धन गर्नका लागि पाँच दलिय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौंरले आफु निर्वाचित भएपछि सबै धर्म, सँस्कृतीको संरक्षण र संम्बद्र्धनमा जोड दिने बताए ।


बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ स्थित जोगागाउँमा मंगलबार कात्तिक पूर्णिमा नहान मेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सहमहामन्त्री राठौंरले विधिध धर्म र सँस्कृती भएको देशमा सबैको धर्म र सँस्कृतीको सम्मान गर्ने पार्टी नै नेपाली कांग्रेस भएको बताए ।


मेला सफलताको शुभकामना दिदै नेता राठौंरले भने, ‘जानकी गाउँपालिकाले यस मेलालाई सहयोग गर्ने र प्रवद्र्धन गरेको मैले पाए, यो राम्रो कुरा हो ।’ पाँच दलिय गठबन्धनका कारण आफु बर्दिया क्षेत्र नम्बर २ छाडेर बाँकेको क्षेत्र नम्बर ३ मा निर्वाचन लड्न आएको बताए ।

‘बाँके र बर्दियामा मेरो ६० वर्षदेखी घर छ, सुशिल दाई र मेरो एउटै निर्वाचन क्षेत्रमा पर्ने भएको हुनाले म परिस्थितीले गर्दा म बर्दियामा गएको थिए,’ उम्मेदवार राठौंरले भने ‘म बाँके र बर्दियाको विकासलाई म जोड्न चाहन्छु, बाँके र बर्दिया मेरो ठाउँ हो ।’

आफुले आगामी दिनमा मन्दिर, मस्जिद, चर्च, गुरुद्धारा, गुम्बामा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमका विशिष्ट अतिथी एवम् बाँके प्रदेश सभा ३(३)का उम्मेदवार बादशाह कुर्मीले सबै समुदायको धर्म, सँस्कृती संरक्षण र सम्वद्र्धन गर्नका लागि पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए ।

आफु निर्वाचित भएपछि जोगागाउँ मेलालाई अझ ब्यवस्थित रुपले सञ्चालन गर्न बजेट छुट्याउने बताए ।
जोगागाउँलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्नेमा उनले जोड दिए । आफु संविधान सभा सदस्य रहँदा जोगागाउँ क्षेत्रमा धार्मिक संस्था र बाटोमा बजेट हालेको स्मरण गरे ।

उक्त कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले मेला सञ्चालनका लागि गाउँपालिका कार्यालयले आवश्यक सहयोग गरेको बताए । आगामी निर्वाचनमा मतदाताले सही उम्मेदवारको पहिचान गर्नुपर्ने अध्यक्ष खाँको सुझाव छ । कार्यक्रममा अर्का उम्मेदवार, नेकपा एमाले बाँकेका अध्यक्ष किस्कम कुमार कक्षपति, खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक, राजनीतिक दलका प्रतिनिधी, उम्मेदवार, जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया