नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अदालतले एमाले र माओवादी केन्द्रलाई मुद्दा नै नपरेको विषयमा अलग गर्नु सुनियोजित भएको बताएका छन् ।
नेकपा एमाले बाँकेको आयोजनामा मंगलबार बाँकेको खजुरा गाउँपालिकामा भएको बृहत प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टी उपाध्यक्ष ज्ञवालीले संसद पुनः स्थापना हुँदा पार्टी विभाजन कुनै कारण नभएको भन्दै कम्युनिस्ट आन्दोलन सिध्याउने खेलका रुपमा चित्रित गरे ।
‘कम्युनिस्ट मिलेर ल्याएको उपलब्धि एतिहासिक छ । एमालेलाई मूलधार मानेर माओवादी आन्दोलन तथा अन्य कम्युनिस्ट पार्टीबाट मुल धारमा आउने क्रम जारी रहेको छ’, नेकपा बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय उपाध्यक्ष ज्ञवालीले भने, ‘गठबन्धन संयुक्त मोर्चा हो ।
यसको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले गर्छन् । नेपाली काँग्रेसलाई नेतृत्व मानेर कम्युनिस्ट आन्दोलन बलियो हुँदैन । १७ हजारको बलिदान गरेका प्रचण्डले निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउने भानिरहुन विडम्वना हो ।’ ‘पूँजीपति बर्गसंग लड्ने र समाजवाद उन्न्मुख एमाले छ, यो नै असल कम्युनिस्ट पार्टी हो । काँग्रेसका पछि लाग्ने कम्प्युनिष्टले गम्भीर गल्ती गरेका छन्’, पार्टी उपाध्यक्ष ज्ञवालीले भने ।
पार्टी केन्द्रीय उपाध्यक्ष ज्ञवालीले स्थानीय तहको निर्वाचनमा ३४ प्रतिशत सबैभन्दा धेरै मत छ रहेको एमाले सीटमा दोस्रो रहेको उल्लेख गर्दै जनता एमालेको पक्षमा छन् फुटको पक्षमा नजाने दाबी गरे । उनले १० लाख संगठित सदस्य रहेको एमालेको बाँकेमा बाँकेमा ८ हजार संगठित सदस्य रहेको बताए । उनले बाँकेमा निर्वाचन जित्ने बलियो आधार यही भएको बताए ।
‘स्थानीय तहमा इतिहासमा सबैभन्दा अन्तरघात भएका कारण धेरै ठाउँमा पराजित हुनु परेको हो । पाँच दल मिले पनि एमालेले जित्ने आधार ताकत छ । एकताबाटै एकढिक्का र ताकत । एमाले हार्दा राष्ट्रियताले हार्छ समाजवादले हार्छ,’ पार्टी उपाध्यक्ष ज्ञवालीले भने, ‘पार्टीको लक्ष्य देश र जनताको सेवा गर्नु हो । चुनाव जित्ने मन्त्री बान्ने पैसा कमाउने कम्युनिष्टको काम होइन ।’
कार्यक्रममा एमाले पार्टी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छबिलाल विश्वकर्माले गठबन्धन एमालेका लागि अवसर भएको बताउँदै भने, ‘एक्ला एक्लै सबैलाई पछारेको एमालेले यसपटक गठबन्धनलाई पनि पछार्ने अवसर आएको छ ।’
कार्यक्रममा केन्द्रीय सदस्य सूर्य ढकाल, अनुशासन आयोग सदस्य देवराज भार र लेखा आयोग सदस्य बिजया धितालले पनि प्रशिक्षण दिए ।
प्रशिक्षक कार्यक्रममा एमाले नेता पशुपतिदयाल मिश्र, केन्द्रीय सदस्य भिम उपाध्याय, संविधान सभा सदस्य एवं अनुशासन आयोग सदस्य देवराज भार, संबिधान सभा सदस्य कसिम सिद्दिकी, लेखा आयोग सदस्य विजया धिताल लगायत सहभागी थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पूर्व कृषिमन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य विजय यादव एमालेमा प्रवेश गरेका थिए । उनी यसअघि जसपा पार्टीबाट बाँके क्षेत्र नंम्बर २ क बाट प्रदेश सभा सदस्य भएका थिए ।