बाँकेको जानकी गाउँपालिका वडा न ५ को वडा कार्यालयले ०७९/०८० का लागि योजना संकलन पृथकीकरण बारेमा सुझाव संकलन गरेको जनाएको छ ।
वडा नं ५ का वडाध्यक्ष टीका नाथ यादवका अनुसार, आगामी वर्षका लागि योजनाहरू जनस्तरबाटै संकलन गरेर कार्ययोजना बनाउन र पारदर्शी ढङ्गले अगाडी बढ़नका लागि सुझावहरु संकलन गरिएको हो ।
कार्यक्रममा जानकी गाउपालिकाका अध्यक्ष छब्बन खांले जनचाहना अनुरूप गाउँको विकास गर्न खुल्ला, पारदर्शी र लोकतांत्रिक प्रक्रिया अनुसारनै योजना बनाउने र विकास गर्ने बताए ।
कार्यक्रममा अध्यक्ष गरिरहेका वडाध्यक्ष यादवले ग्रामीण जीवनमा सुधारका लागि जनचेतना अभिवृद्धि गर्दै, शिक्षा,स्वास्थ, सिचाई, रोजगार र महिला विकासका योजनालाई अघि बढाउने बताए । वडाको विकासका लागि टोल–टोलबाट योजना संकलन गरि वृहत छलफल र सबैको सहभागितामा वडा स्तरिय भेला गरि सुझाव संकलन गरिएको छ ।