एमालेका पक्षमा व्यापारी

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का उद्योगी, व्यवसायीहरुले आफ्नो वडा भित्रका एमाले उम्मेदवारका पक्षमा प्रदर्शन गरेका छन् । नेपालगन्ज वडा नं. २ का वडाध्यक्ष उम्मेदवार रामनरेश तेलीका पक्षमा प्रदर्शन गर्दै घरदैलो गरेका हुन् ।

होटल व्यवसायी संघका महासचिव समेत रहेका एमाले नेता रंग बहादुर खड्काको नेतृत्वमा १ सय ५ सदस्यीय प्रचार समिति नै बनाएर व्यवसायिक क्षेत्रका अगुवाहरु एमालेका पक्षमा प्रदर्शनमा उत्रिएका हुन् । ‘हाम्रो वडा व्यापारिक क्षेत्रभित्र पर्ने भएकाले व्यापार, व्यवसाय मैत्री नेतृत्वका पक्षमा प्रदर्शन गरिएको हो’, खड्काले भने, ‘नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका उपमहासचिव धर्म अर्याल, लायन्स लिडर ज्ञानेन्द्र श्रेष्ठ, विष्णु गौतम, भीम सुवेदी, रामप्रसाद गौतम, रमानाथ ढकाल लगायतका अगुवाहरुले एमालेका पक्षमा घरदैलो गरेका हुन् ।’

एमालेले नेपालगन्ज २ मा रामनरेश तेलीलाई वडाध्यक्ष, उदयअली सिद्दिकीलाई खुला सदस्य, राम बहादुर थापा खुला सदस्य, विष्णु माया मल्ल महिला र राम अनारी कोरीलाई दलित महिला सदस्य पदको उम्मेदवार बनाएको छ । ‘एमालेका नगर प्रमुख पदका उम्मेदवार पशुपति दयाल मिश्र र उपप्रमुख पदका उम्मेदवार शान्ति ढकालका पक्षमा पनि उद्योगी, व्यवसायीहरुले खुलेर मत माग्नु भएको छ’, नेकपा एमाले वडा नं. २ का वडाध्यक्ष रंग बहादुर खड्काले भने । खड्काका अनुसार, घरदैलोमा एमालेको चुनाव चिन्ह सुर्यमा मतदान गर्ने विषयमा जानकारी पनि दिइएको छ । ‘सातै सुर्य सातै छाप भन्ने अभियानमा मतदाताहरुमा कुनै दोधार छैन’, एमालेका वडाध्यक्ष उम्मेदवार रामनरेश तेलीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया