
अनेरास्ववियु जिल्ला कमिटी बाँकेले मंगलबार औपचारिक कार्यक्रम बीच भित्तेपात्रो विमोचन गरेको छ । यात्रा समृद्वीको, लक्ष्य समाजवादको भन्ने मुल नाराका साथ भएको कार्यक्रममा विद्यार्थी तथा पार्टी नेताहरुले नयाँ बर्षको शुभकामना अदानप्रदान गर्नुका साथै भित्तेपात्रो विमोचन गरेका थिए ।
अनेरास्ववियु बाँके अध्यक्ष इन्द्र बस्नेतको अध्यक्षतामा एवं अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य एवं बाँके जिल्ला सहईन्चार्ज अब्दुल हुंसैन खान, बाँके प्रचार विभाग प्रमुख करिश्मा योगी, उपप्रमुख लोकनाथ शर्मा लगायतको उपस्थिति रहेको थियो ।
संगठनका महेन्द्र बहुमुखी क्याम्पस इकाइ सचिव केशर जंग शाहले सञ्चालन गरेको कार्यक्रममा नयाँ बर्ष २०७९ को शुभकामना आदानप्रदान समेत गरिएको थियो ।