रहेनन् राप्रपा नेता केसी

नेपालगन्जका पुराना व्यवसायी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता मोहनसिंह केसीको बिहीवार निधन भएको छ । परिवार स्रोतका अनुसार, ७८ वर्षीय केसीको उपचारका क्रममा बिहान नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्जमा निधन भएको हो ।


लामो समयदेखि मधुमेह, रक्तचाप, मृगौला लगायत समस्याले ग्र्रस्त केसी पुत्र वियोगले गम्भीर बन्दै गएका थिए । केही दिन अघि छोरा त्रिलोक केसीको दुर्घटनामा परेर मृत्यु भएपछि केसी पुत्र वियोगमा थिए । त्यससँगै स्वास्थ्यमा समस्या बिग्रिंदै जाँदा केसीलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको परिवारले जनाएको छ ।


राप्रपा नेता, ज्योतिलाल भण्डारीका अनुसार, बिहीवारनै धार्मिक विधिपूर्वक बाँकेको सिधनियाघाटमा अन्त्येष्टी गरिएका केसीको पार्थिव शरिरमा राप्रपा महामन्त्री डा. धवलसम्शेर राणा, सहायक महामन्त्री ऋषिराज देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल लगायतले पार्टीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया