नेपाली नोटमा राष्ट्र निर्माता, श्री ५ पृथ्वीनारायण शाहको तस्विर अंकित गरिनुपर्छ भन्दै नेपालगन्जमा नमूना मत संकलन गरिएको छ । शनिवार मौलिक जरोकिलो पार्टीले देशव्यापी ‘नमूना जनमत संग्रह’ भन्दै नेपालगन्जमा पनि मत संकलन गरेको हो ।

‘२६५ जनाले आफ्नो अभिमत जाहेर गरेकोमा २६२ जनाले पक्षमा मत दिनुभएको छ,’ पार्टी प्रवक्ता मित्रलाल सापकोटाले
दैनिक नेपालगन्जसँग भने, ‘तीन जनाले विपक्षमा मत दिएको पाइयो ।’

२६५ जनाले आफ्नो अभिमत जाहेर गरेकोमा २६२ जनाले पक्षमा मत दिनुभएको छ ।
पार्टी प्रवक्ता
मित्रलाल सापकोटा
मत दिन कार्यक्रमस्थल धम्बोझी पुगेका प्राध्यापक डा. जनार्दन आचार्यले राष्ट्रनिर्माताको सम्मान गर्न ढिलो भइसकेको टिप्पणी गरे ।