खजुराले गर्यो उत्कृष्ट कर्मचारी पुरस्कृत

खजुरा गाउँपालिकाले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत तथा सहयोगी दातालाई सम्मान गरेको छ । विहीवार नवौं गाउँसभामा खजुरा गाउँपालिकाले वार्षिकरुपमा उत्कृष्ट काम गर्ने कर्मचारी पुरस्कृत र सम्मान गर्ने क्रममा यसपाली पनि विभिन्न शाखामा कार्यरत कर्मचारीलाई पुरस्कृत गरेको हो ।


उत्कृष्ट उनीहरुलाई पालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले नगद पुरस्कारका साथै दोसल्ला ओढाएर सम्मान सम्मान गरेका हुन् । कर्मचारीको मनोबल वृद्धि गर्न उत्कृष्ट कामको सम्मान परिपाटी बसाएका छौं, अध्यक्ष कक्षतिले भने ।
यस वर्ष लेखा अधिकृत प्रदीप सुनार, स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, प्राविधिक शाखा प्रमुख सोनु शाह, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल र रोजगार प्रमुख प्रतिक्षा न्यौपाने पुरस्कृत गरिएका छन् ।
त्यस्तै राधापुर स्वास्थ्य चौकी इन्चार्ज दीपक ढकाल, वडा नं. २ का सचिव ताराप्रसाद अधिकारी, कर संकलन होमबहादुर घर्ती, रनियापुर स्वास्थय चौकी प्रमुख पृथ्वीनाथ योगी, अहेव जीवन यादव, स्वास्थ्य शाखाका संजीव न्यौपानेलाई पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।
कर्यक्रमबीच बाँके युनेस्को लगायतका विभिन्न संघसंस्थाका सहयोगी दाता निकायका प्रतिनिधिहरुलाई पनि सम्मान गरिएको थियो ।

योगदानको कदरः बाँके युनेस्को क्लबका प्रतिनिधि शंकरसिंह थारुलाई सम्मान गर्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति । युनेस्कोले खजुरा गाउँपालिकामा प्रोटेक्ट, कतार च्यारिटी लगायतका परियोजना मार्फत स्थानीय सरकारसँग साझेदारी गरिरहेको क्लबका मुख्य संरक्षक प्रवेजअली सिद्दीकीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया