पत्रकारको दुर्घटना बीमा गरिंदै

दुर्घटना हुँदा प्रत्येक पटक २० हजार बराबरको उपचार तथा औषधि खर्च

अध्यक्ष भण्डारी भन्छन्, कम्तिमा मेरो कार्यकाल भरि पत्रकारका लागि यो सुविधाको सुनिश्चितता गर्छु ।


बाँकेका पत्रकारहरुको दुर्घटना बीमा गरिने भएको छ । नेपाल पत्रकार महासंघ बाँकेले आफ्ना सबै सदस्य र जिल्लाका क्रियाशील पत्रकारहरुलाई २ लाखको दुर्घटना वीमा गरिदिने भएको हो ।
सदस्यको बीमाका लागि नविकरण भए पुग्छ, महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी दैनिक नेपालगन्जसँग भने, जिल्लामा क्रियाशील अन्य पत्रकार सदस्य बनिसकेको रहेनछ भनेपनि बीमाबाट बन्चित नगरौं भन्ने हाम्रो योजना हो ।
महासंघको बुधबार बसेको बैठकले जिल्लाका पत्रकारहरुको दुर्घटना हुँदा उपचारमा सघाउ पुर्याउने उद्देश्यले २ लाखको दुर्घटना वीमाको निर्णय गरेको शाखा सचिव कमल डाँगीले विज्ञप्तिमार्फत जानकारी दिए । काममा खटिरहँदा जतिपटक दुर्घटना हुँदा पनि बीलका आधारमा बीस हजारसम्मको औषधिउपचार खर्च बीमादावी गर्न सकिने गरि कम्पनीसँग सम्झौता गरिन लागेको अध्यक्ष भण्डारीले बताए ।

महासंघ केन्द्रले दुर्घटना बीमा गरिंदै आएपनि प्रक्रियागत झन्झटका कारणले पत्रकाहरुको अपेक्षित सहभागिता
छैन । यसै वर्षदेखि सरकारले पनि पत्रकारका लागि ७ लाखको स्वास्थ्य बीमा घोषणा गरेको छ । किन त बाँकेले अलग्गै ? महासंघ शाखा अध्यक्ष भण्डारीले भने, सहजै र सुविधाजनक ढंगबाट पत्रकारका ालगि सहुलियत दिने उद्देश्य हो ।
महासंघले पत्रकारहरुको उपचारमा सघाउ पुग्नेगरि यसअघि एम्बुलेन्स अभियान चलाइरहेको छ । त्यसका लागि अपेक्षित सहयोग जुटिरहेको जानकारी दिंदै अध्यक्ष भण्डारीले छिट्टै खरिद प्रक्रियामा पुगिने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया