रहेनन् गाउँ नफर्किएका गाउँ फर्क प्रधानपन्च

२०३२ सालमा तत्कालीन सरकारको गाउँ फर्क अभियानको बाके सितापुर राधापुर गाउँ पन्चायत प्रधानपन्च कमल प्रसाल पोखेरेल आज मंगलवार ८५ बर्षको उमेरमा निधन भएको छ ।

बाँकेका पुराना राजनीतिक नेता पोखरेललाई फरक विचारका व्यक्तिहरु पनि उत्तिकै सम्मान दर्शाउँथे


खोटाङ खार्पामा जन्मिएका पोख्रेल बाकेको पुनरबास कम्पनीको जागीरे थिए । जागिरको शिलशिलामा बाँके आएका उनी जागिर छोडेर पुनरबासबाटै जग्गा लिई समाज सेवा राजनीतिमा लागेका थिए । उनी बाकेका पुराना राजनीतिक नेता हुन ।
राप्रपा नेपालसँग आवद्ध पोख्रेलको शबलाई राप्रपाका महामन्त्री डा. धवल शम्सेर राणाले पार्टीको झन्डा ओडाएर सम्मान प्रकट गरेका छन् ।
बाँकेको सितापुरको बिकासमा पोखरेलको ठूलो योगदान रहेको स्थानीयवासी लाल बहादुर खत्रीले बताए ।
नेकपा एमालेका नेतासमेत रहेका बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य नन्दलाल रोकायाले विचार नमिलेपनि पोख्रेल आफ्ना राजनीतिक गुरु भएको भन्दै श्रद्धाञ्जली प्रकट गरेका छन् । स्व. पोखरेलको आजै दाहसंस्कार गरिएको परिवार स्रातले जनाएको छ ।

राप्रपाका महामन्त्री डा. धवल शम्सेर राणा पार्टीको झन्डा ओडाएर पोख्रेल प्रति सम्मान प्रकट गर्दै । तस्विरः सुरेन्द्र कार्की

प्रतिक्रिया

प्रतिक्रिया