कोभिड–१९ दोस्रो लहर महामारीमाजीवन रक्षाको लागि कोरोना रोकथाम, नियन्त्रण र नागरिकको जिवन रक्षाका लागी नागरिक अपिल
बिभिन्न संघ सस्था र अधिकारको क्षेत्रमा आवद्ध बाँकेका नागरिक समाजका प्रतिनिधिहरुले कोरोना रोकथाम, नियन्त्रण र नागरिकको जिवन रक्षाका लागी सार्वजनिक नागरिक अपिल गरेका छन् ।
अधिकारकर्मी वसन्त गौतम,कसौधन बैश्य समाजका नन्दलाल बैश्य, नेपालगजं उधोग वाणिञ्य सघं चिरन्जीवी ओली, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी लगायतले सार्वजनिक अपिल जारी गर्दै बाँके जिल्लामा कोरानो संक्रमणको स्थिति दिनानु दिन भयावह बन्दै गइरहेको अवस्थामा कोभिड १९ को संक्रमण विस्तारलाई नियन्त्रण र व्यवस्थापन गरी नागरिकहरुलाई पीडा र अकाल मृत्युवाट वचाउन हरसम्भव प्रयास गर्न अपिल गरेका हुन ।
सामाजिक अगुवा ध्ुाव राज शर्मा, रसीद अहमद कुरैसी, जसपा बाँकेका राजन राना मगर, माधव राम बर्मा, नागरिक अगुवा, अधिकारर्की रविन्द्र कर्ण, नागरिक रोशन कुमार भटट, सेराज अन्सारी , रबिन कुमार भटट, नागरिक अगुवा। म्हिला अधिकारर्की रीता दिवान, सामाजिक अभियानता लक्ष्मी ज्ञवाली, सिमा हमाल लगायतका दर्जन बढीले नागरिक अगुवाहरुले आफ्ना नागरिकको जीवन रक्षाको लागि अन्य सबै काम र गति विधिलाई बन्द गरेर कोभिड–१९ विरुद्ध लड्न सम्पूर्ण शक्ति, सामथ्र्य र स्रोत लगाउन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
अधिकारकर्मी र नागरिक अगुवाहरुले अक्सिजनको उत्पादन, वितरण र व्यवस्थापनको निमित्त तत्काल आवश्यक कदम चाल्न, महामारीमा हजारौं मान्छेले अक्सिजन र अस्पतालमा वेड नपाएर ज्यान गुमाइरहेको तथा त्यस्तो सङ्कटको घडीमा स्वास्थ्य–सामग्री खरिदमा भ्रष्टाचार र कमिशन कालोबजारी नियन्त्रण गर्न अपिल गरेका छन् ।
नागरिक अगुवाहरुले जारी गरेको अपिलमा सरकारले आफ्ना नागरिकको जीवन रक्षाको लागि हरसम्भव प्रर्यत्न गर्न, नागरिकहरुलाई कोविड विरुदको भ्याक्सिन ९खोप) तत्काल निशुल्क उपलव्ध गराउने आवश्यक ब्यवस्था मिलाउन भनेका छन् ।
नागरिक अगुवाहरुले जारी गरेको अपिलमा स्थानिय तहमा आवश्यक संख्यामा स्वास्थ्य मापदण्ड सहितको आइसोलेसन केन्द्रहरु निमार्ण गर्न, संक्रमित महिला, गर्भवती महिला, एकल महिला, बालबालिका, फरक क्षमता भएका ब्यक्ति, दिर्घ रोगी, जेष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्प संख्यकहरु र अति विपन्न वर्गहरुलाई क्वारिन्टाइन तथा आईसोलेसन केन्द्रमा प्राथमिकतामा राखेर उपचारको ब्यवस्था मिलाउन, क्वारिन्टाइन तथा आईसोलेसन केन्द्रहरु लैंगिक मैत्री बनाउनका लागि आवश्यक नीति तथा विधि अवलम्बन गरी कार्यान्वयन गराउन भनेका छन् ।
नागरिक अपिलमा अस्पतालमा कोभिड बाहेकका अरु रोगहरुको उपचारको ब्यवस्था मिलाउन, आईसोलेसन केन्द्रमा मानविय आधारभुत आवश्यकताहरु जस्तै खाना, शुद्ध पिउने पानी, महिलाहरुको लागी प्याड, शौचालयको –महिला तथा पुरुषहरुको) राम्रो ब्यवस्था गराउन भनिएको छ ।
यसै गरि नागरिक अगुवाहरुले जारी गरेको अपिलमा पिसिआर परिक्षणको दायर बढाई आम नागरिकको पहुच योगय बनाउन, निशुल्क. पिरिक्षणको ब्यवस्था मिलाउन भनिएको छ ।
स्थानिय निकायमा अत्यावश्क सेवा प्रवाहको सुनिश्चितकाको लागी बैकल्पिक उपायहरुको अविलम्व खोजी गर्न, कोभिड १९ को संक्रमण कालमा सार्वजनिक निकायवाट प्रदान गरिने सार्वजनिक सुचनाहरुको पहुँचमा यथावत रहने सुनिश्चितताको लागी पहल गर्न, कोरोना संक्रमनको नाममा दैनिक उपभोग्य वस्तुहरुको नाजायज रुपमा मुल्य बृद्धी भई नागरिकहरुको जिवन स्तर कठीन भइरहेकोले सो नियन्त्रनका लागि अविलम्वन नियमित अनुगमण प्रकृया अगाडी वढाउँन, सिमाना नाकाहुदै लुकिछिपी गर्दै नेपाल भित्रीएका नागरिकहरुको कोभिड १९ को संक्रमण भए नभएको सुनिश्चितताको लागी आवश्यक परिक्षण लगायत कम्तीमा सिमाना नजिकै क्वारन्टिनमा एक हप्ता राखि आवश्यकता अनुसार थप उपचार गर्ने तथा होम आईसोलेशनको लागी सिफारिस गर्ने गराउन नागरिक अपिलमा भनिएको छ । यसै गरि नागरिकको सम्मानपुर्वक बाच्न पाउने र स्वास्थको अधिकारबाट बन्चित नगर्न उच्च अदालत नेपालगजंले गरेको आदेशहरु तत्काल कार्यान्यव नगर्न गराउन नागरिक अपिलमा भनिएको छ ।
यसै गरि नागरिकहरुको सेवा सुविधाको टोल फि नं तत्काल व्यवस्था गर्न गराउन , निषेधाज्ञाको समयको बैकं व्याज विधुत महसुल शुल्क करहरु मिनाहा तत्काल गर्न गराउन, कोभिड १९ संक््रmमण विरुद्धको प्रतिकार्य तथा नागरिकका समस्या, सवालहरुको समाधान गर्ने सन्दर्भमा आवश्यक सहयोग तथा सहकार्यका लागि नागरिक समाज सदस्यहरु सदैव तयार रहेको समेत जानकारी दिदै सम्बद्ध सबै स्थानिय सरकार, जन प्रतिनीधी तथा पदाधिकारीहरुलाई कोभिड नियन्त्रण तथा व्यवस्थापनमा नागरिक समाजसँग सहकार्य गर्न अपिल मार्फत नागरिक अगुवाहरुले आह्वान गरेका छन् ।