नेपालगन्जलाई ‘औद्योगिक राजधानी बनाउ’

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले प्रदेश स्थायी राजधानी भालुवाङ र नाम लुम्बिनी राखेकोमा स्वागत गरेको छ । त्यससँगै महासंघले बाँकेलाई औद्योगिक राजधानीका रुपमा अगाडि बढाएर यसको भविष्य सुनिश्चित गर्न माग गरेको छ ।

महासंघले मंगलबार विज्ञप्ति जारी गरेर प्रदेशको नाम र प्रदेशको राजधानी साँस्कृतिक तथा भौगोलिक दृष्टिकोणले उपयुक्त आन्तरिक तथा बाह्य रुपमा सुरक्षित स्थान, प्राकृतिक विपद्को कम जोखिम तथा संसारका उत्कृष्ट सहरहरु नदीको किनारमै अवस्थित रहेको परिप्रेक्ष्यमा प्रदेश ५ कै मुख्य व्यापारिक भन्सार नाका एवं औद्योगिक केन्द्र नेपालगन्ज ओझलमा पर्दै गैरहेको देखिन्छ । पश्चिम नेपालको मुख्य उत्पादन तथा व्यापारिक केन्द्र बाँकेमा सञ्चालन हुन लागेको बैजनाथ गाउँपालिकाको नौबस्ता क्षेत्रमा विकास गरिने भनिएको औद्योगिक क्षेत्र र खजुरा क्षेत्रको औद्योगिक ग्रामको प्रस्तावले केही सम्भावनालाई देखाएको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

महासंघले उक्त सम्भावनालाई पूर्ण कार्यान्वयन गराउन प्रदेश सरकारबाटै छिटो एथेष्ट बजेट तथा सहयोग गर्न तथा प्रस्तावित नेपालगन्ज अन्तर्राष्ट्रिय विमानस्थल चाँडै निर्माण कार्य सम्पन्न गरी पश्चिम नेपालको अन्तर्राष्ट्रिय उडान केन्द्रका रुपमा विकास गर्न र नेपालगन्जलाई लुम्बिनी प्रदेशको औद्योगिक राजधानी घोषणा गर्न प्रदेश सरकारसँग जोडदार माग गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया