कार्यकर्ता छुटाउन तरुणको बन्द ?


आफ्ना कार्यकर्ता छुटाउन दबाब दिनेक्रममा तरुण दल बाँकेले कार्तिक २९ गते बाँके बन्दको घोषणा गरेको छ । चरणबद्ध विरोधका विभिन्न कार्यक्रम गर्दै आएको तरुण दल बाँकेले बन्द आव्हान गरेको हो ।
तरुण दलले कांग्रेस तथा तरुण कार्यकर्तामाथी प्रहरी प्रशासनको ज्यादती र राज्य आतंक बिरुद्ध बन्द भन्दै आएपनि बन्दुक सहित पक्राउ परेका भनि बाँके प्रहरीले अनुसन्धान गरिरहेका तरुण नेपालगन्जका अध्यक्ष सन्दिपजंग शाहीको रिहाईको दबावका लागि बन्द सम्मको कार्यक्रममा उत्रिएको हो ।
नेपाल तरुण दल बाँकेले आन्दोलन गरिरहेकै बेलामा कार्तिक २९ गते शुक्रबार बाँके बन्दको घोषणा गरेको अध्यक्ष बीरेन्द्र बहादुर शाहले हस्ताक्षर गरेको बिज्ञप्ति मार्फत जानकारी गराइएसको हो ।
तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र बहादुर शाहले बन्दको समयमा एम्बुलेन्स लगायत अति आबश्यक सवारी साधनहरु चल्न पाउने जानकारी दिएका छन् । बन्द हडताल सधैंका लागि बन्द गरिनुपर्ने जनमत रहेका बेला तरुणको बन्द आन्दोलनको तिब्र आलोचना गरिएको छ । लोकतान्त्रिक दलको अलोकतान्त्रिक कदम रोक्न उद्योगी व्यवसायी सबैले आग्रह गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया