‘यसैवर्ष प्रदेशको नामाकरण र राजधानी’


अनिल नेपाली /अर्घाखाँची –
प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले यसै वर्ष प्रदेशको नामांकरण र राजधानीको टुंगो लाग्ने बताए छन् । निर्वाचन भएको लामो समयसम्म पनि नामांकरण र केन्द्रको टुंगो लगाउन नसकेको आरोप लागिरहेका बेला मुख्यमन्त्री पोख्रेलले यसै वर्ष नै प्रदेशको नाम र केन्द्र टुंगाउने बताएका हुन् ।

प्रेस संगठन नेपालले मंगलबार अर्घाखाँचीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोख्रेलले स्थायी राजधानी र प्रदेशको नामाकरणका सम्बन्धमा विधि प्रक्रियाबाट अगाडि बढ्ने प्रयास गरेको बताए । ‘त्यसका लागि गठित समितिले काम गरिरहेको, जिल्ला जिल्लामा गएर सुझाब संकलन गर्ने र त्यस्को रिपोर्ट संकलन गर्ने काम सकिसकेको छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘हाल विज्ञको टिमले काम गर्दैछ । विज्ञको रिर्पोट आइसकेपछि दुवै रिपोर्टलाई एकिकृत गरी प्रस्ताव प्रस्तुत गर्छौं ।’

संघीयताको कारण देश नै असफल हुन थाल्यो भनेर प्रचार गर्नेलाई उत्तर दिने वर्षको रुपमा पाँच नम्बर प्रदेश सरकारले काम गरिरहेको मुख्यमन्त्री पोखरेलले बताए । प्रदेश पाँच सरकार कानुन निर्माणमा सबै प्रदेशभन्दा अगाडि रहेको दाबी गर्दै मुख्यमन्त्री पोखरेलले विकास निर्माण र समृद्धिको दिशामा सरकार अगाडि बढेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया