आज आइतवार बाके क्षेत्र नँ १ का संघीय साँसद महेश्वर गहतराज अथकले नरैनापुर डुवान क्षेत्रको अनुगमन गरेका छन् । यहि अषाढ ८ गते आएको अबिरल बर्षाका कारण नरैनापुर गाउपालिकाका करिब १ १ दर्जन गाउ डुबानमा परेको भन्ने जानकारी पाए पछि उनले सँसदमा समेत कुरा ऊठाएका थिए । मापदण्ड बिपरित निर्माण गरिएको भारतीय सीमा सडकका कारण डुबान भएको भन्ने स्थानिय प्रशासन र पिडितहरुको भनाइ आएपछी साँसद अथक त्यसको स्थलगत अध्यनका लागी डुबान क्षेत्र पुगेका हुन ।
मापदण्ड बिपरित सिमा सडकको निर्माणका साथै प्राकृतिक बाहावका रुपमा बग्ने गरेको सुइया नाला कइन नाला मृगहवा नाला हरुको बाहाव लाइ ब्लक गरि सिमा सडक निर्माण गर्दा पानि बग्न नपाउदा डुबान भएको स्थानिय बासीहरुको भनाइ रहेकोछ ।
साँसद अथकले भारतले गरेको हेपाहा प्रबृत्ति का कारण समस्या बिकराल भएकाले कुटनितिक तवरले भारत सँग छलफल गरि सिमा सडकमा ठुला पुल र कल्भर्ड निर्माण गर्न लगाउनुपर्ने धारणा राख्दै यसका लागि आफुले पहल थाल्ने बताउनु भयो । सिमा सडक र उक्त डुबान क्षेत्रको अध्यनका लागी गाउपालिकाका जनप्रतिनिधि हुलाकी सडकका इन्जिनियर इलाका प्रहरीकार्यालयका प्रमुख सशस्त्र प्रहरी बलका प्रमुख सहित राजनितिक दलका स्थानिय नेताहरुको सहभागिता रहेको निजी सचिव शिव सुनारल जनाकारी दिए ।