नेपालगन्ज:
सत्तारूढ नेपाल कम्युिनष्ट पाटी{ (नेकपा) बाँकेकाे इन्चार्जमा दिनेश चन्द्र यादव चयन भएका छन् । सहइन्चार्जमा पूर्णा कुमारी सुवेदी, महेश्वर गहतराज र माेहम्मद हारुन चयन भए ।
यसअघिनै बाँकेकाे अध्यक्षमा अाइपी खरेल र सिचव अशाेक काेइराला चयन भइसकेका छन् । नेकपाले अाइतवार ७७ जिल्ला र ६ महानगरपालिका इन्चार्ज तथा सहइञ्चार्ज ताेकेकाे हाे । बर्दियामा लक्ष्मण ज्ञवाली इन्चार्ज तथा सहइन्चार्जमा तिलकराम शर्मा र सन्तकुमार चाैधरी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा अाइतवार बसेकाे बैठकले पार्टि एकता भएकाे १४ महीनापिछ जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गरेकाे हाे । तत्कालीन नेकपा(एमाले) र नेकपा (माअाेवादी केन्द्र) बीच २०७५ जेठ ३ गते एकता भएकाे थियाे ।
नेकपा महासिचव बिष्णु प्रसाद पाैडेलले विज्ञप्ति मार्फत जारी गरेको विज्ञप्तिमा महानगरपालिकालाई एक जिल्लासरह मानी नेपालका ६ महानगरपालिका भएका जिल्लामा एकभन्दा बढी इन्चार्ज रहेकाे जनाइएकाे छ । यस्तै केही जिल्लामा इन्चार्ज मात्रै तोकिएकाे छ ।
लामाे कसरतपछि नेकपाले जिल्ला इन्चार्ज तथा सहइन्चार्ज ताेकेर पार्टि एकताकाे कामलाई पूर्णता दिएको हो । यस्तै पार्टिका विभिन्न विभाग प्रमुखसमेत छिट्टै तोकिने भेको छ । मङ्गलबार बस्ने पार्टिको सचिवालय बैठकले विभागका प्रमुख ताेक्ने विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश ५ मा दाङले नेकपामा सबैभन्दा बढी ९ जना सहइन्चार्ज पाएकाे छ । जीवन गाैतम इन्चार्ज रहेकाे नेकपा दाङमा इन्द्रजीत थारू, दामाकुमारी शर्मा, नारायणि शर्मा , निर्मल आचार्य , नरुलाल चाैधरी, भागवत िवश्वासी, मेटमणि चाैधरी, हेमराज शर्मा पाेख्रेल र शान्ता चाैधरी सहइन्चार्ज छन् ।
नवलपरासी पश्चिम इन्चार्जमा वैजनाथ चाैधरी, रुपन्देही इन्चार्जमा लीला गिरि छन् । रुपन्देहीमा एकराज बिश्वकर्मा , खिमलाल भट्टराई र दिधराम न्याैपाने सहइन्चार्ज बनाइएका छन् ।
त्यस्तै , कपिलवस्तु इन्चार्जमा –गिरधारिलाल न्याैपाने, सहइन्चार्जमा बिमला घिमिरे , पाल्पा इन्चार्ज – साेमप्रसाद पाण्डेय, सहइन्चार्जमा तुलाराम घर्ती , गुल्मी इन्चार्ज – दिनेश पन्थी, अर्घाखाँची इन्चार्ज – नजीर मियाँ , सहइन्चार्ज सुशीला श्रीपाइली ठकुरी चयन भएका छन् ।
प्यूठान इन्चार्जमा कृष्णध्वज खड्का, रुकुम पूर्व इन्चार्ज – खेममान खड्का, सहइन्चार्जमा कमला राेका र तेजबहादुर अाेली तथा राेल्पा इन्चार्ज– दीपेन्द्र पुन, सहइन्चार्जमा ताराकुमारी घर्ती र नवीन राेका मगर चयन भएकाे विज्ञप्तिमा उल्लेख छ ।