यी हुन नेकपा बाँकेका नेता

माओवादी र एमालेबीचको एकता प्रक्रियाले अब पूर्णता पाएको छ । प्रदेशैभरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला समिति बनेका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ५ न. प्रदेस कमिटिको दोश्रो पूर्ण वैठकबट १२ जिल्लामा १७६० जना जिल्ला कमिटि सदस्य मनोनित भएसँगै प्रदेश ५ मा नेकपाका सबै जिल्ला समितिले पूर्णता पाएका हु्न् ।


त्यसक्रममा, नेकपाको बाँके जिल्ला कमिटिले पनि पूर्णता पाएको छ । बुटवलमा सम्पन्न प्रदेश कमिटिको दोस्रो पूर्ण बैठकले प्रदेशका सबै १२ जिल्ला कमिटिका सदस्यहरुको नाम टुंगो लगाएको हो । बाँकेको १ सय ५५ सदस्यीय नेकपा जिल्ला कमिटि समेत गठन भएको छ ।

सम्बद्ध स्रोतका अनुसार, पूर्व एमालेबाट ८५ जना तथा पूर्व माओबादीबाट ७० जना गरि १ सय ५५ जनाको जिल्ला कमिटिले पूर्णता दिइएको छ। अध्यक्ष आइपी खरेल र सचिवमा अशोक कोइरालाको नाम टुंगिएपछि यसअघि निर्वाचित तथा मनोनित जिल्ला कमिटि सदस्य, सल्लाहकार, जेष्ठ कम्युनिष्ट मञ्चको सभापति तथा जिल्ला कमिटि सदस्य भएका छन् ।

यी हुन नेकपा बाँकेका सदस्यहरुः हेर्नुस सूचीमा

प्रतिक्रिया

प्रतिक्रिया