पशुपती र विजयले घरदैलो सके

नेपालगन्ज । वाम गठबन्धनका तर्फबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेद्वार पशुपतिदयाल मिश्र, बाँके क्षेत्र नं. २ प्रदेशसभा ‘ख’का उम्मेद्वार विजयकुमार गुप्ताले घरदैलो सकेका छन् ।
वाम गठबन्धनकोे नेपालगन्जमा पहिलो चरणको घरदैलो अभियान पनि सोमबार सकिएको छ । कात्तिक २८ गतेबाट नेपालगन्जको वडा नं. २ बाट सुरु गरेको घरदैलो अभियान नेपालगन्ज वडा नं. १ मा घरदैलो गरेर सकिएको जानकारी निर्वाचन परिचालन कमिटिले दिएको छ ।
धम्बोझीको घरदैलोमा उम्मेद्वारद्वयले बेरोजगार युवाहरुलाई उत्पादनमूलक क्षेत्रमा लगाई आयआर्जनमूखी बताउने प्रतिवद्धता जनाए । ‘विकासका कामहरुलाई पहिलो प्राथमिकतामा राखेर पाँच वर्षभित्र गर्ने कामहरुको खाका हामीसँग छ,’ प्रतिनिधिसभा उम्मेद्वार मिश्रले भने, ‘अल्पकालीन, दिर्घकालीन योजनाहरुको छनौट गरेर अघि बढ्ने हाम्रो लक्ष्य हो ।’
प्रदेशसभा ‘ख’का उम्मेद्वार गुप्ताले विकासका कामहरुलाई तीव्ररुपमा अघि बढाउन वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरे । उनले भने, ‘नेपालगन्जका सडक तथा भौतिक निर्माण, यातायात व्यवस्थापन, सूचना प्रविधि, सञ्चार, सहकारी विकास, कर तथा आर्थिक प्रणाली, सुशासन, उपभोक्ता हित संरक्षण र विविध क्षेत्रहरुलाई केन्द्रीत गरेर काम हुन्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया