रुपा गहतराज
धेरैले आफ्ना सन्तानमा डाक्टर, इन्जिनियर हुने सपना देख्छन् । उनीहरु आशिषमा पनि प्रायः यीनै कामना गर्छन् ।
डा. विनोद कर्ण भने अभिभावकका अपेक्षा फेर्न उद्यत देखिए । हुँदाखाँदाको डाक्टरी पेशा भन्दा राजनीतिमा आकर्षण देखेर । नेपालगन्जमा मात्र होइन, डाक्टर कर्ण देशैमा कहलिएका व्यक्ति हुन, सफल चिकित्सक पनि ।
प्लाष्टिक सर्जरीमा सफल डा. कर्ण ६५ साता अघि नेपालगन्ज– १८ कारकादौंका युवाहरु लिएर सडकमा कुचो लगाउन निस्कँदा उनी नेता बन्न थालेका हुन की भन्ने भनकसम्म कसैलाई थिएन । ‘मलाईनै थिएन, मैले त्यसो सोंचेर सरसफाइ अभियानमा आएकै होइन,’ शनिवार ६५ औं संस्करणका क्रममा उनी आफ्नै पार्टी विवेकशील साझा पार्टीका लागि आमसभा स्थल सफा गर्दै थिए । ‘नेपालगन्जको फाहोर र चेतना अभावलाई सफा पार्न अभियान चलाएको हो,’ दैनिक नेपालगन्ज सँगको जिज्ञासामा डा. कर्णले भने, ‘राजनीतिमा आउन मलाई नेपालगन्जले नै बाध्य
बनायो ।’
उनको बाध्यता के होला ? नेपालगन्ज मेडिकल कलेजमा सिनियर कल्सल्ट्यान्ट प्लाष्टिक सर्जनका रुपमा रहेका डा. कर्णले उम्मेद्वारी सार्वजनिक गर्नुअघि खुसुक्क खल्तीबाट राजीनामा निकाल्दै भनेका थिए, ‘मासिक ७/८ लाख रुपियाको जागीर चटक्कै छाडेर राजनीतिमा होमिएको छु ।’ दिनहुँ नेपालगन्जको अवस्था खस्कँदो हुनु, राजनीतिक दलका नेताहरु विकास प्रति सम्बेदनहीन हुनु लगायत धैरे कारण दिन्छन डा. कर्ण राजनीतिमा होमिनुका । ‘म नेता बन्न खोजेकै छैन, म विकासको अभियान चलाउन चाहन्छु जुन कुरा राजनीतिले सम्भव छ,’ डा. कर्णले राजनीतिमा असल प्रतिनिधित्वका लागि आफु आउनुपरेको संकेत उनको तर्कबाट बुझ्न सकिन्छ ।
अरुले फोहरी खेल मान्दै चर्चा गर्ने गरेको राजनीतिमा पनि यसरी होमिएकी विवेकशील साझा पार्टीबाट बाँके क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा सदस्यको उम्मेरवार भए, एकै पटक । तपाई जस्ता मान्छे राजनीतिमा आउँदा कस्तो सन्देश जाला ? देशमा लागेको बिकारको अप्रेशनका लागि राजनीतिमा होमिएको बताउने डा. कर्ण पेशाप्रति कत्तिपनि गद्दारी नगर्ने तर्क
राख्छन् । ‘देशलाई स्वस्थ बनाउन पनि गतिला मान्छे राजनीतिमा आउनुपर्छ,’ उनी विवेकशील साझामा लाग्नुको कारण भन्छन् । स्वास्थ्य क्षेत्रमा आफनो योगदानबाट टाढा हुनका लागि राजनीतिमा नआएको दोहोरयाउँछन् ।
सन् २००१ देखि २०१२ सम्म राजधानीका विभिन्न अस्पतालमा प्लास्टिक सर्जनका रुपमा काम गरेका डा. कर्ण त्यसपछि गृहजिल्लामै केही गर्ने सोंचले नेपालगन्ज फर्किएका थिए । डा. कर्णले करिब ८ वर्ष नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा काम गरे ।
१८ वर्ष देखि स्वास्थ्य पेशामा रहेका ५० वर्षीय डा. कर्ण अहिलेसम्म प्लास्टिक सर्जनको रुपमा बिरामीको सेवा गरे । आफ्नो सेवाकालमा करिब २५ हजार अपरेशन गरेको बताउने डा. कर्ण भन्छन्, ‘नेपालगन्जका लागि केही गरुँ भन्ने सोंच आएर नेपालगन्जका युवाहरुसँग मिलेर ‘क्लीन एण्ड ग्रीन नेपालगन्ज’ अभियान सुरु गरेँ। सरसफाइ अभियानमा सक्रिय हुँदा मैले धेरै बुझ्ने र सिक्ने मौका पाएँ ।’ नेपालगन्जको शहरी क्षेत्रबाट उम्मेदवार बनेका डा.कर्णले आफनो पहिलो एजेन्डा नै ‘क्लीन एण्ड ग्रीन नेपालगन्ज’ नै रहेको बताए ।
‘अत्यधिक गर्मी हुने हाम्रो शहर निकै फोहोर छ, हरियाली कम छ,’ आफ्नो प्राथमिकता बारे डा. कर्ण भन्छन्, ‘त्यसैले शहरमा हरियाली बढाउने, फोहोरमैलाको व्यवस्थापन गरेर सफा र हराभरा बनाउने कुरा महत्वपूर्ण छ ।’ शहरमा पार्क निर्माण, ढल निकासको व्यवस्था गरेर डुबानमुक्त गराउने, सडकहरुको मर्मत सम्भार र स्तरोन्नति गरेर टूाफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने, गुणस्तरीय स्वास्थ्य र शिक्षामा सबैको पहुँच बढाउने लगायतका एजेन्डा उनले अघि सारेका छन् ।
‘यस पटक राष्टिूय पार्टी अर्को पटक देशको नेतृत्व’ नारासहित चुनावी मैदानमा होमिएको विवेकशील साझा पार्टीका उम्मेदवार डा. कर्ण पुरा गर्न नसक्ने आश्वासन होइन गर्न सक्ने प्रतिबद्दताका साथ घरदैलोमा गरेको बताउँछन् । ‘नेतालाई गाली गरेर गुनासो मात्रै गरिरहेका छौं, गुनासो गरेर सुूिने अवस्था देखिएन,’ कर्णले भने, ‘गुनासो गरेर समय खेर फाल्नुभन्दा आफैं राजनीतिमा होमिएर राजनीतिलाई नै सही दिशा ल्याई सुशासन र समृद्धि ल्याउन सम्भव छ भन्ने निष्कर्षका साथ राजनीतिमा होमिएको हुँ।’
‘राजनीतिमा व्याप्त विकृति र विसंगतिलाई हटाएर सुशासन र समृद्धि ल्याउन त्यति सजिलो छैन, तर त्यसका गरेका प्रतिबद्धता र प्रस्ट भिजन आवश्यक छ,’ डा. कर्णको भनाइ छ, ‘असल र इमान्दार मान्छेहरुलाई प्रोत्साहन गर्न आवश्यक छ ।’ उनी भन्छन्, ‘जो भ्रष्ट छ, त्यसैलाई ठूलो मान्छे देख्ने परम्परा तोडनुपर्छ, त्यसका लागि पढेलेखेका र भिजन भएका इमान्दार मानिसहरु पनि राजनीतिमा आउनुपर्छ र राजनीतिलाई सही बाटोमा ल्याउनुपर्छ ।’
बाँकेमा विवेकशील साझा पार्टीबाट क्षेत्र नम्वर १ को प्रतिनिधिसभाका लागि कुशल अधिकारी, प्रदेशसभा १ (१) बाट दया थारु र १ (२) बाट ज्योति परियारको मैदानमा छन् । क्षेत्र नम्वर २ को प्रतिनिधिसभाका लागि नगेन्द्र कुवँर, क्षेत्र नम्वर तीनको प्रदेश सभाको लागि अमित लामा उम्मेदवार छन ।