नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले उम्मेदवार मनोनयनको समय थप गरेको छ। यसअघि साँझ ५ बजेसम्म मनोनयन पत्र बुझाउने व्यवस्था गरिएको थियो, अहिले त्यसलाई साढे ६ बजेबाट साढे ७ बजेसम्म विस्तार गरिएको छ।

निर्वाचनको मतदान केन्द्र भृकुटीमण्डपमै तोकिएको छ। पार्टीका विभिन्न पक्षधरहरूले निर्वाचन कार्यक्रमलाई तीव्र गतिमा अघि बढाएका छन्। संस्थापन पक्षीय नेतासँग निरन्तर छलफल भइरहँदा पनि समयतालिका अघि बढाइएको हो।
पटक-पटक विभिन्न तहका नेताहरूबीच भएको छलफल सफल नभएपछि निर्वाचन प्रक्रिया एकसाथ अगाडि बढाइएको छ। यस महाधिवेशनमा १३ जना पदाधिकारी पदका लागि उम्मेदवारी दिन सक्ने व्यवस्था रहेको छ।











