नेपालगन्ज साइक्लिङ क्लबले मनाए ढाका टोपी दिवस

आज जनवरी १ तारीख राष्ट्रिय पोशाक तथा ढाका टोपी दिवस को अवसरमा नेपालगन्ज साइक्लिङ क्लबले एक औपचारिक कार्यक्रमको आयोजना गरि मनाएको क्लब का कार्यबाहक अध्यक्ष कबिराम बुढाथोकीले जानकारी दिए ।

काबा अध्यक्ष बुढाथोकीका अनुसार कार्यक्रममा मेचिमाहकाली साइकल यात्रा पुरा गरेका तेजबिक्रम शाह, रमेशकुमार मल्ल , सतिश निरौला सहित झन्डै दुई दर्जन साइकल यात्रीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी लाई नेपालगन्ज घरबारीटोलमा रहेको पाल्पाली ढाकाटोपी पसलका तर्फबाट एक एक थान ढाकाटोपी प्रदान गरिएको थियो ।

ढाकाटोपी पसलका संचालक तथा क्लब का कार्यसमिति सदस्य बिष्णु कडेलले राष्ट्रिय टोपी को महत्त्व झल्काउने गरि आयोजना गरिएको कार्यक्रम ले ढाकाटोपी को प्रबर्द्धन मा टेवा पुर्याउने हुँदा आफुले पनि यसमा सहकार्य गरेको बताए।

नगरपरिक्रमा पछी ढाकाटोपी सहितको साइकल यात्रा बागेश्वरी मन्दिर परिषरमा पुगी समापन गरिएको थियो समापन समारोहमा काबा अध्यक्ष कविराम बुढाथोकी ले सम्पुर्ण सहभागी लाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नुभएको थियो।

प्रतिक्रिया

प्रतिक्रिया