मकवानपुर, राक्सिराङ गाउँपालिका(५ दुङगु खोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा १७ किलो ६ सय ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा जिल्ला पर्सागढी नगरपालिका(८ बस्ने ४६ वर्षीय देबिलाल सहनी र सोही नगरपालिका(१ बस्ने ३२ वर्षीय राम नारायण राम रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चैनपुरबाट मनहरीतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
इलाम, सूर्योदय नगरपालिका(८ छिपिटार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम, गाँजा करिब ५० ग्राम, नगद १५ हजार ८ सय ५० नेपाली रूपैयाँ, भारतीय रुपैयाँ ३ हजार ८ सय, मोबाइल ६ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय हिमाल शाक्य र ताप्लेजुङ घर भएका २४ वर्षीय बिकाश भुजेल रहेका छन् । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले हिमालको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
चितवन, राप्ती नगरपालिका(१ लोथरबाट अवैध लागूऔषध गाँजा ५ किलो १ सय ३० ग्राम सहित नवलपरासी बर्दघाट नगरपालिका(१६ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले मनहरीबाट लोथरतर्फ आउँदै गरेको ना।१ ज ८९७१ नम्बरको म्याजिकमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका(१३ बर्माचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय २० मिलिग्राम, नगद १४ हजार ७ सय रूपैयाँ र मोबाइल १ थान सहित रोल्पा परिवर्तन गाउँपालिका(६ बस्ने ३० वर्षीय बिरेन्द्र बुढा मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टिकापुर नगरपालिका(९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय ९० मिलिग्राम र नगद ६ हजार रूपैयाँ सहित सोही नगरपालिका(१ बनगाउँ बस्ने २३ वर्षीय शिवम थापामगर समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुर, महालक्ष्मी नगरपालिका(४ ओचुहाईटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम, नगद १० हजार ६ सय ३० रूपैयाँ र मोबाइल २ थान सहित ललितपुर महानगरपालिका(२४ धापाखेल बस्ने सर्लाही लालबन्दी घर भएका ३० वर्षीय युवराज रायमाझी र महालक्मीबस नगरपालिका(४ ओचुहाइट बस्ने २६ वर्षीय मुकेश देवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा प्रहरीले ललितपुर महानगरपालिका(४ भनिमण्डलबाट नियन्त्रित लागूऔषध नुफिन ३ पिस, डाइजेपाम ६ पिस, फेनारगन ६ पिस र ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १३ ग्राम ४ सय ४० मिलिग्राम, नगद १ लाख ७९ हजार १ सय ५०, मोबाइल ९ थान, ल्यापटप १ थान, क्यामेरा १ थान, क्यामेरा लेन्स १ थान, डिजिटल तराजु १ थान सहित ललितपुर सानेपा बस्ने गुल्मी घर भएका २५ वर्षीय निरञ्जन राना र २० वर्षीय निश्चल लामालाई पक्राउ गरेको छ ।
पर्सा, वीरगंज महानगरपालिका(१६ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७१ ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका(७ बोरिङ टोल बस्ने २५ वर्षीय अमजद मिया र ३४ वर्षीय सुरज प्रसाद सर्राफ रहेका छन् । प्रहरी चौकी बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।