सोमवार राप्ती नदी किनारमा पनि गंगा महाआरती

प्रसिद्ध शक्तिपीठ वागेश्वरीसँगै अब बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती गरिने भएको छ ।

धार्मिक पर्यटन प्रवद्र्धनका लागि डुडुवा गाउँपालिका वार्ड नं.–४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती गरिने लागेको हो ।


मन्दिरका पुजारी आचार्य रामप्रताप मिश्र शास्त्रीका अनुसार, राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्नका लागि महाआरती गर्न लागिएको हो । पर्सि भदौ ३ गते श्रावण शुक्ल पुर्णिमाका दिन साँझ ६ बजे महाआरती गरिने र त्यसको निरन्तरता प्रत्येक सोमवार हुने बताइएको छ ।


भाद्र पहिलो सोमबारदेखि सुरु हुने महाआरतीलाई प्रत्येक महिनाको पुर्णिमाका दिन नियमित रुपमा गरिने छ । महाआरतीको तयारी अहिले तिब्र रुपमा भईरहेको छ । राप्ती नदी एउटा पर्यटकीय क्षेत्रको रुपमा रहेको छ ।


नदीमा प्रत्येक वर्ष कार्तिक पुर्णमासी र चैतराम नवमीमा स्नान मेला, साउन महिनामा बोलबम कवारिया, दशैमा दुर्गा मुर्तिको प्रतिमा विसर्जन, शुभदिपावली पर्वको अवसरमा महादिपोत्सव, माघे संक्रान्तिमा स्नान, फागुनमा शिवरात्री पर्वमा विशेष पूजापाठ तथा स्नान, समय समयमा सत्यनारायण कथा वाचन, मुण्डन संस्कार, पितृ विसर्जन र शव दहलगायतका कार्यक्रमहरु हुने गरेको छ ।


राप्ती नदी, पुल, मन्दिर र निर्माण हुन लागेको बैकुण्ठधामले त्यस आसपासको क्षेत्रलाई पर्याप्रर्यटनको रुपमा विकास गर्न थालिएको स्थानीय अगुवा सूर्यलाल यादवको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया