अग्नि नियन्त्रणमा रक्षकको लगानी विस्तार

रक्षक ग्रुप अफ कम्पनीजले नेपालगन्जमा आगलागी नियन्त्रण सम्वन्धी सामग्रीहरुको विक्री वितरण थालेको जनाएको छ ।


रक्षक ग्रुपका अध्यक्ष जयनारायण शाहका अनुसार, थप लगानजी विस्तार गर्दै रक्षक सेक्युरिटीमार्फत आगलागी नियन्त्रणमा सुरक्षाकर्मीसँग सहकार्य गरिरहेको रक्षकले आवश्यक सामाग्री विक्री वितरण शुरु गरेको हो । त्यसका लागि शुक्रवार परम्परागत संस्कारले पुजा अर्चना गरि अपरेशन अफिस सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।


फायर एक्सटिङगुसर , फायर ब्ल्याङ्केट, फायर बल , ग्याँस, पाउडर लगायतका सामाग्रीहरुको सहज उपलब्धताका साथै होम डेलिभरीको समेत व्यवस्था गरिएको रक्षक ग्रुपका अध्यक्ष शाहले बताए।


‘यी सामाग्रीहरु सुर्खेत रोड स्थित वेष्टर्न मलमा रक्षकले शुक्रवारदेखि संचालन गरेको अपरेशन अफिसवाट उललब्ध गराइनेछ,’ शाहले दैनिक नेपालगन्जसँग भने, ‘आफ्ना सम्पूर्ण सेवाहरुको प्रभावकारी परिचालनकालागि यो अफिस स्थापना गरिएको हो ।’


कस्तो खालको आगलागी नियन्त्रण गर्न के प्रयोग गर्ने भन्ने सचेतना फैलाउने कार्य सामाजिक उत्तरदायित्व अन्तर्गत गरिने रक्षकले जनाएको छ ।
रक्षक ग्रुपले सेक्युरिटी, हाउसकिपिङ , सेवा प्रवाह गरिरहेको छ भने अछामलाई बेस वनाएर रक्षक एग्रो शुरुवात गरेको पनि अध्यक्ष शाहले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया