लाउटारो मार्टिनेज बने कोपा अमेरिकाको सर्वाधिक गोलकर्ता

अर्जेन्टिनाका लाउटारो मार्टिनजले कोपा अमेरिका २०२४ को सर्वाधिक गोलर्कता बनेका छन् ।

अमेरिकामा सम्पन्न विश्वकै पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको ४८औं संस्करणमा मार्टिनजले सर्वाधिक ५ गोल गरेका हुन् । उनकै निर्णायक गोलमा अर्जेन्टिनाले सोमबार बिहान हार्ड रक स्टेडियममा भएको खेलमा कोलम्बियालाई १-० ले पराजित गर्दै कीर्तिमानी १६औंपटक उपाधि जितेको हो ।

फाइनलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले ११२औं मिनेटमा विजयी गोल गरेका थिए ।

उनले अर्जेन्टिनाको लागि सुरुवाती तीनवटै खेलमा गोल गरेका थिए जहाँ उनले एक खेलमा मात्र पहिलो रोजाइमा खेलेका थिए ।

मार्टिनेजले समूह चरणको तीनवटै खेलमा गोल गरेका थिए । क्यानडा र चिलीविरुद्ध १-१ गोल गरेका उनले पेरुविरुद्ध दुई गोल गरेका थिए । सुरुवाती दुई खेलमा गोल गरेपछि उनले पेरुविरुद्ध पहिलो रोजाइमा खेल्ने अवसर पाएका थिए ।

क्वाटरफाइनल र सेमिफाइनलमा खेले पनि मार्टिनेजले गोल गर्न सकेका थिएनन् । तर, फाइनलमा  उनै लाउटारो निर्णायक बने ।

टिमलाई च्याम्पियन बनाए अनि आफूले सर्वाधिक गोल गर्दै अवार्ड जिते ।

प्रतिक्रिया

प्रतिक्रिया