आयोगको २४ औ स्थापना दिवसः सिफारिस कार्यान्वयनमा समस्या

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालयले स्थापनाको २४ वार्शिक उत्सव तथा २५ औँ स्थापना दिवस मनाएको छ । “जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार ः दिगो शान्ति र समृद्धिको आधार” नाराका साथ मानव अधिकार आयोगले २४औँ वार्षिकोत्सव मनाएको हो ।


कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रबहादुर चौधरीले समाजमा रहेका हरेक व्यक्तिले एक अर्काप्रति अन्याय तथा अत्याचार नगरे मानवअधिकारका घटना नहुने बताए । मानव अधिकारको बारेमा सबैले वकालत गरे पनि मानव अधिकार उल्लघंन भैरहेको भन्दै प्रमुख चौधरीले मानव अधिकारको संरक्षणका लागी सबैले राम्रो भुमिका खेल्नु पर्ने बताए ।


नेपालगन्ज उपमहानगरपालिका नगरप्रमुख प्रशान्त विष्टले मानवअधिकारको संरक्षण तथा प्रवर्धनका लागि सबै सरोकारवाला निकायहरु एकजुट हुनुपर्ने बताए । संविधान र कानुनमा धेरै लामा अधिकारका सूचीहरु रहे पनि कार्यान्वयनमा समस्या रहेकाले कार्यान्वयनमा सबैको प्रभावकारी भुमिका हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा आयोगका कार्यक्रम अधिकृत दयाराम पाठकले आयोग स्थापनाको सन्दर्भ कसरी र कहिलेराष्ट्रिय स्तरमा प्राप्त उपलब्धीहरु, क्षेत्रिय स्तरमा यस कार्यालयले गरेका काम तथा प्राप्त उपलब्धीहरु, हाल आयोगको यस कार्यालयमा रहेका उजुरीहरुको अवस्था, यस कार्यालयमा पर्न आउने उजूरीहरुको प्रकृतिहरु र चुनौतीका बारेमा प्रकाश पारेका थिए ।


हाल नेपालगंज कार्यालयमा ४०० वटा द्धन्दकालिन र ५० वटा अन्य गरि जम्मा ४५० उजुरी हाल अनुसन्धानको चरणमा रहेको जानकारी गरिएको थियो । नेपालगंज कार्यालयमा प्रहरीबाट जाहेरी नलिएको र लिएरपनि कारवाही अगाडी नबढाएको बताइएको थियो । आयोगमा यातना पाएको,घरेलु हिंशाका घटना, आपसी लेन–देन, अन्य आर्थिक तथा सामाजिक घटनाहरुको बारेमा उजुरी पर्ने गरेको तथ्य अधिकृत दयाराम पाठकले पेश गरेका थिए ।


आयोगको स्थापना दिवसमा सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले संविधान र कानुनले दिएको मानवअधिकार प्रयोग गर्दा अरुको मानवअधिकरा प्रति पनि जिम्मेवार बन्नु पर्ने बताए । आफ्नो अधिकारको दावी गर्दा अरुको अधिकार हनन हुन नदिने तर्फ सबैले ध्यान पुराउनु पर्ने प्रजिअ रिजालको भनाई थियो । कानूनले ग्यारेन्टी गरेका मानवअधिकारप्रति राज्य सदैव नागरिकप्रति उत्तरदायी रहने बताउदै राज्यका तर्फबाट मानवअधिकारको सम्मान र प्रवर्धन गर्न आफू सधैं प्रतिबद्ध रहेको बताए ।


प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले मानवअधिकार उल्लङ्घन हुन नदिन प्रहरी सचेत रहेको बताए ।


कार्यक्रममा इन्सेकका भोला महत, दलित अधिकारकर्मी केशव नेपाली, अधिकारकर्मी मैमुना सिद्धिकीले आयोगको स्थापना दिवसमा सन्दर्भमा शुभकामाना मन्तब्य दिदै मानव अधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन, आयोगका सिफारिशको कार्यान्वयन र नागरिकका अधिकार संरक्षणमा जोड दिएका थिए ।
मानव अधिकार आयोगको स्थापना संयुक्त राष्ट्रसँघको महसभाबाट १९९३ मा हरेक देशमा एउटा स्वतन्त्र र स्वायत्त राष्ट्रिय मानव अधिकार संस्था रहनुपर्ने भन्ने आसयको पेरिस सिद्धान्त पारित भएको थियो । ततपश्चात आयोग स्थापनाको लागि राष्ट्रिय स्तरमा बहस चलेको र तत्कालिन प्रतिनिधी सभामा निजि विद्ययकका रुपमा दर्ता भई मानव अधिकार आयोग ऐन २०५३ परित भई जारी भएको थियो ।


तर ऐन जारी भएपनि ४ बर्षसम्म आयोग गठन हुन सकेको थिएन । मानव अधिकारकर्मीहरुको शान्तिपुर्ण आन्दोलन, सञ्चारजगत लगायतको खबरदारी, अन्तराष्ट्रिय जगतको चासोका विच सम्मानित सर्वोच्च अदालतमा आयोग गठनका लागि सार्वजनिक सरोकारको रिट दायर भई अदालतबाट परमादेश जारी भएको थियो । अन्ततः २०५७ साल जेष्ठ १३ गते राष्ट्रिय मावन अधिकार आयोग गठन भएको थियो । नेपालको अन्तरिम संविधान २०६३ ले संवैधानिक हैसियत दिएको र हालको संविधानले सो हैसियत कायम राखेको ।


राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो ए श्रेणीलाई कायमै राख्न सफल हुनु, नयाँ राष्ट्रिय मानव अधिकार आयोग ऐनको मस्यौदा अन्तिम चरणमा पुग्नु, संघिय संरचना वमोजिमको नयाँ संगठनिक संरचना प्रस्तावित हुनु, छैटौँ रणनितिक योजना कार्यान्वयनमा रहनु, मानव अधिकारका आधुनिक विषयहरुमा आयोगको ध्यान केन्द्रित हुनु, अनुसन्धान सम्पन्न फाईल उपर सिघ्र निर्णय हुने क्रम सुरु हुनु, कतार, मलेशिया लगायतका देशहरुसँग ःइग् गरि वैदेशिक रोजगारमा रहेका नेपालीको मानव अधिकार संरक्षणमा कदम चालिनु, मानव अधिकार संरक्षण र संवर्द्धन कार्यहरुलाई समय सान्दर्भिक बनाउन सिएमआरएस, मोबाइल एप्सहरु लगायत प्रयोगमा ल्याइनु आयोगको उपलब्धी रहेको बताइएको छ ।


क्षेत्रिय स्तरमा यस कार्यालयले गरेका काम तथा प्राप्त उपलब्धीहरु बारे चर्चा गर्दै अधिकृत पाठकले चरम द्धन्दको अवस्थामा मानव अधिकारको संरक्षण तथा संवर्द्धन गर्ने उदेश्यले स्थापित यो कार्यालयले द्धन्दकालमा थुप्रै व्यक्तिको जिवन रक्षाको काम गरेको बताए । आयोगको केन्द्रिय कार्यालय पछि द्धन्दकालिन उजूरी सबैभन्दा धेरै रहेको यस कार्यालयले त्यस प्रकारका धेरै उजुरीहरु उपर अनुसन्धान सम्पन्न गरेर निर्णयका लागि आयोग समक्ष पेश गरेको, बाँकी रहेका द्धन्दकालिन उजुरी तथा अन्य उजुरी उपर अनुसन्धान भईरहेको पाठकले भने ।

विभिन्न विषयगत मानव अधिकारको अवस्थाबारे समय–समयमा अनुगमन र सरोकारवालासँग छलफल गरि केन्द्रमा प्रतिवेदन पेश गरिँदै आएको अधिकृत पाठकले जानकारी दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया