श्री नं ४ बाहिनी अड्डा इमाम नगर ब्यारेकले मनायो ५८ औं बार्षिक उत्सव

रुपनी जि एम, बाँके । बाँकेको राझा स्थित श्री नं ४ बाहिनी अड्डा इमाम नगर व्यारेकले ५८ औं बार्षिक उत्सव मनाएको छ । उत्तर पश्चिम पृतना हेड क्वाटर सुर्खेतका पृतनापति उपरथी कृष्ण देव भट्टको प्रमुख अथितिमा सोमबार बाहिनिले आफ्नो ५८ औं बार्षिक उत्सव मनाएको हो ।

उक्त कार्यक्रममा पृतनापति उपरथी भट्टले देशमा परी आएको र देशले मागेको बेला कहिल्यै पछि नहट्ने नेपाली सेना सधैं देश र जनताको हितमा रहेको बताउँदै ५ ओटा जिल्लाको सुरक्षाको जिम्मेवारी पाएको श्री नं ४ बाहिनी अड्डाले पूरा गरेको बताउनुभयो ।

बाहिनीको मातहतमा बाँके, बर्दिया, सुर्खेत, दैलेख र जाजरकोट गरी ५ ओटा जिल्ला रहेकाछन् । उहाँले उक्त बहिनीको कार्यकाल सफल गराउनमा यस क्षेत्रका सबै संघ संस्थाको पनि महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै धन्यबाद ज्ञापन गर्नु भएको थियो । 

कार्यक्रममा अमल्दार प्रमोद कुमार थारुलाई वर्ष उत्कृष्ट सैनिकको उपाधि पृतनापति उपरथी भट्टद्वारा प्रदान गरिएको थियो भने तेक्वान्दोमा स्वर्ण पदक प्राप्त गर्न सफल प्यूठ विमलजङ थापालाई उत्कृष्ट खेलाडीको पुरस्कार प्रदान गरिएको थियो ।

सोही क्रममा ५ ओटा जिल्लाका विभिन्न गण र गुल्ममा कार्यरत नेपाली सेनाहरूले सांकृतिक कार्यक्रम मार्फत नृत्य प्रस्तुत गरेका थिए । बाँकेको ओभरि स्थित अर्जुनबाण गणले तामाङ सेलो भाकामा नृत्य प्रस्तुत गरेको थियो भने सुर्खेतको काली बहादुर गणले सोरेठी भाकामा नृत्य प्रस्तुत गरेको थियो ।

त्यसैगरी श्री नं ४ बाहिनी अड्डाको हाताभित्र रहेको श्री बज्रदल गण, बर्दियाको श्री देविदत्त गण, दैखको कालिदत्त गुल्म, र जाजरकोटको चन्दनाथ गणमा कार्यरत नेपाली सेनाका जवानहरुले एकल नृत्य र एकल गान सहित सामूहिक नृत्य प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया

प्रतिक्रिया