राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।

निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो ।
यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ ।
राष्ट्रिय सभा सदस्य चयनका लागि यही माघ ११ गते मतदान हुँदैछ ।