अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

गोदावरी नगरपालिका-१ चैतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २४ वर्षीय प्रमोद चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनले सोही नगरपालिका-१ स्थित चैतनपुर सामुदायिक वनमा लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया