जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका- ८ बेलटार मरुवा बस्ने ५० वर्षीय टंक बहादुर कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले ती महिलालाई घर नजिकै पाखाबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया