एनसीसी सिसम ४९ जुनियर डिभिजनको दिक्षान्त

रुपनी जि एम


राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगर बाँकेमा एनसीसीको दिक्षान्त समारोह कार्यक्रम भएको थियो । शनिबार बाँके स्थित कौशिलानगरमा सिसम ४९ जुनियर डिभिजनको दिक्षान्त समारोह आयोजना भएको हो ।


प्रमुख अथितिका रुपमा रहुन भएका श्री सुदुर पश्चिम पृतनाका पृतनापति उपरथी गणेश कुमार श्रेष्ठले उक्त दिक्षान्त समारोहमा दिक्षित हुनु भएका विद्यार्थीहरुलाई लगनशिल, अनुशासित र लक्ष्यप्रति एकाग्र भएर अघि बढ्न आग्रह गर्नुभएको थियो । एनसीसी नेपाल सरकारको उच्च प्राथामिकतामा रहेको जानकारी गराउँदै उपरथी श्रेष्ठले विद्यार्थीहरुलाई राष्ट्रप्रति समर्पित बफादार योद्धा बन्न मद्यत गर्ने बताउनु भएको थियो ।


‘एनसीसीको तालिमले विद्यार्थीहरुलाई शारीरिक र मानसिक दुबै रुपमा नेतृत्व विकासका लागि सक्षम बनाउनमा मद्यद पुर्याउँद छ । यो तालिमले विद्यार्थीहरुलाई आफ्नो राष्ट्र र राष्ट्रियता प्रति जिम्मेवार बन्नमा सहयोग पुर्याउँद छ ।’ उहाँले भन्नुभयो,‘एनसीसी तालिम लिएका विद्यार्थीहरुलाई राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारको विकास गर्नमा सहयोग गदर्छ ।’ विद्यार्थीहरुद्धारा दिक्षान्त कवाज प्रदर्शनी गरिएको थियो ।


उपरथी श्रेष्ठद्धारा एसयूओ, कम्पनी जेयूओ र प्लटुन जेयूओहरु दर्जान्नी चिन्ह् प्रदान गरिएको थियो । दर्जान्नी चिन्ह् प्राप्त गर्नेहरुमा प्रथम छात्रका रुपमा एसयूओ क्याडेटका जनजीवन माध्यामिक विद्यालय कालिकोटमा अध्ययनरत छात्र जीवन शाही र प्रथम छात्राका रुपमा कम्पनी जेयुओ क्याडेट एसओएस हर्मन माईनर स्कूल सुर्खेतमा अध्ययनरत अपेक्षा गुरुंग लगाएत २० जनालाई उपरथी श्रेष्ठद्धारा दार्जान्नी चिन्ह् प्रदान गरिएको थियो ।


एनसीसीको क्याम सञ्चालन पुसको ९ गतेबाट शुरु भएको शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी बालकृष्ण कार्कीले जानकारी दिनुभयो । उक्त दिक्षान्तमा लुम्बिनी र कर्णाली प्रदेशका १५ वटा स्कूलका विद्यार्थीहरु दिक्षित भएका थिए । दोश्रो चरणको उक्त क्याममा दुई सय ६२ छात्र र दुई सय ६४ छात्रा दिक्षित भएका थिए । तेश्रो चरणको क्याम माघ २ गतेबाट सञ्चालन हुने प्रमुख सेनानी कार्कीले बताउनुभयो ।


उक्त दिक्षान्त समारोहमा बाँके राँझा स्थित श्री नं. ४ बाहीनीका बाहीनीपति सहायकरथी प्रकाश थापा, शम्शेरगञ्ज स्थित ओभरीमा रहेको अर्जनुवाण गणका गणपति प्रमुख सेनानी अशोक खड्का, राझाँ स्थित बज्रदलका गणपति प्रमुख सेनानी रविन श्रेष्ठ, सशस्त्र प्रहरीबल जवना तलिम शिक्षालय नौबस्ताका समादेशक सशस्त्र प्रहरी वरीष्ठ उपरीक्षक प्रविण कंडेल, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारी लगाएत अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।


यसका साथै विद्यालयका शिक्षक, अभिभावक सहीत करीब तीन सय जनाको उपस्थिति रहेको थियो । उक्त दिक्षान्त समारोहमा उत्कृष्ट जना २ जना छात्र छात्रालाई प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो भने उत्कृष्ट विद्यालय एसओएस हर्मन सुर्खेतलाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया