दुर्घटनामा एकको गयो ज्यान

२५ यात्रु घाइते

नेपालगन्जका लागि सुर्खेतबाट आउदै गरेको एउटा गाडी दुर्घटना हुँदा एकजनाको विहीवार घटनास्थलमै मृत्यु भएको छ । कोहलपुर सुर्खेत सडकखण्डअन्तर्गत बबईमा भएको उक्त सडक दुर्घटनामा कम्तिमा २५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार, भे १ ख ३६३० नम्बरको हायस सुर्खेत भेरिगंगा नगरपालिका वडा नम्बर ५ बबई नजिकै अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा बारबर्दिया नगरपालिका ११ विजयनगर बस्ने वर्ष २३ का रोशन चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, दुर्घटनामा चालक सहित गाडीमा सवार अन्य २५ यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया