खोजिंदै सिकलसेल र थालसेमियाका बिरामी

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी श्रेष्ठले रगत जाँचका लागि कोहलपुर नगरपालिकाको सिकलसेल ल्याबमा शिविर सञ्चालन भएको दिनमै पठाउने ब्यखोजिंदै सिकलसेल र थालसेमियाका बिरामी

स्थानीय सरकारसँगको साझेदारीमा स्वास्थ्य कार्यालय बाँकेले सिकलसेल र थालसेमियाका बिरामीको खोजी शुरु गरेको छ ।

राप्ती सोनारी गाउँपालिकाको सहकार्यमा स्वास्थ्य कार्यालयले मंगलबारबाट स्क्रिनिङ शिविर सञ्चालन गरेको हो ।

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार, राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित खास कुश्मा स्वास्थ्य चौकीबाट शिविर सञ्चालन छ । करिव ३ हजार जना लक्षित समुदायको रगत नमुना जाँच गर्ने लक्ष्य लिइएको जानकारी दिंदै श्रेष्ठले शिविरमा प्रत्येक दिन ३०÷४० वटा नमुना संकलन गर्ने र सोको जाँच नगरपालिकाका सिकलसेल ल्याबले गरिदिने बताए ।

त्यसका लागि कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकाबीच सम्झौता भएको बताइएको छ । राप्तीपारीका विकट तथा छरिएको बस्तीबाट लक्षित समुह (थारू, खुना र कुमाल) समुदायको गाउँघर तथा बस्ती मै पुगेर ३५ जनाबाट रगतको नमूना लिइएको छ ।
वस्था मिलाइएको जानकारी दिए ।

शिविर सञ्चालन खासकुस्मा स्वास्थ्य चौकी प्रमुख अमर सिंह महतरा, सिनियर अहेव हरि बस्नेत र ल्याब टेक्निसियन अर्चना चौधरीले गरेका छन् । यो नमुना संकलन शिविर हरेक हप्ताको ३ दिन चल्ने बताइएको छ । आगामी चैत्र मसान्तसम्म निरन्तर शिविर सञ्चालने हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया