सम्मानित बाँके जिल्ला अदालतको मिति २०७८।०५।२३ गतेको फैसलाले जिल्ला बाँके कोहलपुर न.पा.१० रामनगर बस्ने वर्ष ५२ को चतुर्भज शाहलाई बैङ्किङ कसुर मुद्दमा ७ दिन कैद र रु.८,००,०००।- जरिवाना तोकिएकोमा निज प्रतिवादी हाल सम्म फरार रहेको हुँदा यस कार्यालय र ई.प्र.का.कोहलपुरबाट खटिएको प्रहरी टोलिले मिति २०८०।०९।१३ गते निजलाई पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको थियो।