ईपीएस परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडी माथि आगजनी

ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएपछि प्रदर्शनकारीलाई प्रहरीले लखेटेर एकान्तकुना पुर्‍याएको छ।

शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडी माथि आगजनी गरेपछि लखेटिएका प्रदर्शनकारीहरू एकान्तकुना पुगेर आन्दोलन गरिरहेका छन् ।

आन्दोलनपछि रिङरोडको सवारी आवागमनमा असर परेको छ । एकान्तकुनादेखि बालकुमारीसम्मको यातायात ठप्प छ।

सो रुट रिङरोड भएकाले सो बाटो भएर यात्रा गर्नेहरूले सास्ती खेपिरहेका छन् । प्रहरीले दर्जन बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरूको समूहले प्रदर्शन गरेका हुन् । आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया