डुडुवाका माताहत कार्यलयको सिसिटिभीमार्फत निगरानी


बाँकेको डुडुवा गाउँपालिकाले माताहतका कार्यलयहरुको प्रत्यक्ष निगरानी शुरु गरेको छ । गाउँपालिकाले आफ्ना ६ वटै वडा कार्यलय, ६ वटा स्वास्थ्य चौकी, र ७ वटा माध्यमिक विद्यालयलाई सिसी क्यामरा मार्फत निगरानी गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनुभयो ।

उहाँका अनुसार पालिकाले “सिसिटिभी सेन्ट्रलाइ जेशन सिष्टम” मार्फत तिकार्यालयले प्रवाह गर्ने सेवाको गुणस्तरियता, गतिविधीको अवस्था बारे जानकारी र सुरक्षाको अवस्थाको निगरानी गरिनेछ ।

डुडुवा–३ बनकट्टी स्थित पालिकाको प्रशासनिक कार्यलय भवनमा इन्टरनेट सहितको प्रविधी जडान गरि सबै कार्यलयहरुमा सिसि टिभी क्यामरा जडान गरेर पालिका अध्यक्षको कोठाबाट प्रत्यक्ष निगरानी गरिएको छ । यो प्रर्णालीले सबै कार्यलयमा इन्टरकमफोन, इन्टरनेट र सिसि क्यामरा मार्फत फुटेज समेत हेर्न सकिने पालिकाका सूचना प्रविधी अधिकृत सुरेश बर्माले बताउनुभयो ।

उहाँका अनुसार पालिकामा आइटीको सर्भर सहितको मेसिन जडान गरिएकाले सबै स्थानको निगरानी गर्न सहज भएको छ । यो प्रर्णालीले वडा कार्यालय, शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्नमा मद्दत पुग्ने विश्वास लिइएको छ ।
यो प्रर्णाली लागु भई सके पछि समयमा कार्यालय खुल्ने र बन्द हुने, सबै कर्मचारीहरु समयमा आउने, सेवग्राहीलाई समयमा सेवा दिने लगायतको सेवाको प्रभावकारिता बढने पालिका अध्यक्ष चौधरीको भनाई छ ।

उहाँका अनुसार पालिकाको सबै कार्यलय तथाइकाईमा विस्तारै यो प्रर्णालीथप विस्तार गर्ने योजना रहेको छ । पालिकाको ५ नंं र ६ नंं वडा कार्यलय बाहेक सबैमायो प्रर्णाली लागु गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया