दुर्घटनामा १२ घाइते, प्रहरी नियन्त्रणमा चालक

पूर्व–पश्चिम राजमार्गको बाँके कोहलपुर नगरपालिका–३ मैटहवा नजिक टिपरले भ्यानलाई ठक्कर दिँदा कम्तिमा १२ जना घाइते भएका छन् । उनीहरुमध्ये ३ जना गम्भीर छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुरबाट बाँसगढीतर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको भ्यानलाई पछाडिबाट टिपरले ठक्कर दिँदा घाइते भएका हुन् ।

घाइते हुनेमा बाह्रबर्दिया नगरपालिका–७ की ३१ वर्षीया सुनिता नेपाली, बासगढी नगरपालिका–४ बस्‍ने ३६ वर्षीय रमेश थारू, सुर्खेत लेकबेसी–४ का ४७ वर्षीय प्रेम चदारा छन् ।

यस्तै गुलरिया बाह्रबर्दिया–९की २० वर्षीया अन्जु चौधरी, कोहलपुर–१० बस्ने ३९ वर्षीया कमला कुमारी देवकोटा, बैजनाथ गाउँपालिका–६ बस्‍ने ३१ वर्षीया अप्सरा बुढाथोकी, बैजनाथ गाउँपालिका–५ बस्‍ने २० वर्षीया सपना परियार घाइते भएकी छिन् ।

यस्तै बासगढी नगरपालिकाकी ५० वर्षीया विष्णुकला खत्री, बासगढी नगरपालिका–२ बस्‍ने २० वर्षीय प्रशान्त विष्ट, बैजनाथ गाउँपलिका–६ बस्‍ने ३० वर्षीय करण ददेल, कोहलपुर नगरपालिका–५ बस्‍ने ४० वर्षीया टीका कुमारी डीसी , बैजनाथ गाउँपालिका–३ बस्ने ५८ वर्षीय पठे एरी र म्याजिक चालक कोहलपुर–२ बस्‍ने २७ वर्षीय प्रदीप विक घाइते भएका छन् ।

उनीहरूमध्‍ये गम्भीर अवस्थाका तीन जनाको उपचार नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । बाँकी उपचारपछि घर फर्किएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज, डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार, म्याजिक भ्यानलाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया