मेयरकप साइकल दौड प्रतियोगिता सम्पन्न

(नेपालगन्ज साइक्लोथन-२०२३) सयौं साइकलेहरुको सहभागिता र उपस्थिति मा सम्पन्न भएको आयोजक नेपालगन्ज साइक्लिङ क्लब का अध्यक्ष सतिश निरौलाले जानकारी दिए । अध्यक्ष निरौलाका अनुसार नेपालगन्ज उप महानगरपालिकाको सहकार्यमा सम्पन्न प्रतियोगितामा , थोपा प्रयोगशाला , रक्षक सेक्युरिटी , कृष्णसार एफ एम, दैनिक नेपालगन्ज , कालपृष्ठ राष्ट्रिय दैनिक र नेपालगन्ज ग्यालरी को समेत सहकार्य थियो।

नेपालगन्ज उपमहानगरपालिका का मेयर प्रशान्त बिष्ट को प्रमुख आथिथ्यता र उपमेयर कमरुद्धिन राई को बिशेष आथिथ्यतामा भएको साइकल दौड मा एमटिबी पुरुष तर्फ १३ जनाको सहभागिता थियो भने एमटिभी पुरुष तर्फ को उपाधी जित्दै बुटवल का प्रकाश थापा प्रथम , काभ्रेको अच्युत कृष्ण खरेल दोश्रो उदयपुर का निमा शेर्पा तृतीय भए भने एमटिबी महिलाको खेलमा ६ जना सहभागी मध्य बाके बैजनाथकी रुपा थारु प्रथम , नेपालगन्ज कि एसी श्रेष्ठ दोस्रो र बैजनाथ कि रिमा थारु तृतीय भए ।

त्यस्तै साधारण साइकल तर्फ ८० जना सहभागी मध्य राप्ती सोनारीका जुगलाल थारु प्रथम ,राप्ती सोनारीका रमेशकुमार थारु दोस्रो र डुडुवाका बिनोद कुमार यादव तृतीय भए । साधारण साइकल महिला तर्फ बर्दिया कि इन्दिरा थारु प्रथम , राप्ती सोनारीकी मिना कुमारी थारु दोश्रो र राप्ती सोनारी कै समिता थारु तृतीय भए ।

एमटिबी स्पेसल तर्फ को बिशेष दौडमा नेपालगन्ज का लक्ष्मीनारायण शाह प्रथम , राजिव बिक्रम शाह दोश्रो र डाक्टर बद्री चापागाईं तृतीय भए । खेलाडीहरु लाई नगद तथा बिशेष पुरुस्कार साथै मेडल र प्रमाणपत्र वितरण गरिएको क्लबले जनाएको छ ।आयोजक नेपालगन्ज साइक्लिङ क्लब का अध्यक्ष सतिश निरौला ले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने प्रहरी प्रशासन साथै स्वयंसेवक र सहकार्य गर्ने सस्थाहरु लाई धन्यवाद ज्ञापन गर्दै खेल आयोजना ले नेपालगन्जमा साइकल खेल प्रति को आकर्षण बढ्नु का साथै साइकल खेलाडी उत्पादन मा टेवा पुगेको र आगामी प्रतियोगिता अझै उत्कृष्ट रूपमा आयोजना गरिने बताउनु भयो।

प्रतिक्रिया

प्रतिक्रिया